ओझेलमा पर्दैै आएका प्रहरीभित्र हौसला

राजनीति समाचार

काठमाडौं । नेपाल प्रहरी संगठनभित्र विकृति र विसंगतिका चाङहरु बढ्दै गएपछि प्रहरी संगठनभित्र्र गुटबन्दी हामी हुँदै आएको थियो । गुटबन्दीकै कारण नेपाल प्रहरीले आफ्नो कार्य क्षेमता र दक्षता देखाउन सकेको थिएन । कार्यक्षेमता र दक्षता देखाउँदादेखाउँदै पनि गुटले गर्दा उनीहरुको नियमपूर्वक बढुवा नभनइ सोर्सफोर्स र भनसुनको आधारमा बढुवा हुने भएपनि प्रहरीहरुले आफ्नो क्षमतालाई ख्याल गर्न छाडेका थिए । अहिले गृहमन्त्री मन्त्री नारायणकाजी श्रेष्ठ बनेपछि लथालिङ्ग हुँदै गएको प्रहरी संगठनभित्र केही सुधारका कामहरु भएका छन् ।

मन्त्री श्रेष्ठले क्षमता, दक्षता र कार्यानुभवको आधारमा सुरुवा बढुवा गर्ने भनेपछि ओझेलमा प्रहरीले न्याय पाएका छन् । तर, कतिपय प्रहरीहरुले त अहिलेसम्म आफ्नो क्षमता र दक्षता अनुसार न्याय पाउन सकेका छैनन् । किन भने शक्ति र गुटको भरमा प्रहरी चल्ने भएकोले कहिले कुन गुट हावी हुने कहिले कुन गुट हावी हुने भएकाले त्यस्तो अवस्था सिर्जना भएका थियो । त्यही गुट हावी भएका कारणले कोही बढुवा हुने कोही बढुवा नहुने चलन नेपाल प्रहरीभित्र विगत लामो समयदेखि हुँदै आएको थियो ।

अहिले आएर गृहमन्त्री श्रेष्ठले केही प्रहरीहरलाई कार्यकौशलको आधारमा बढुवा गरेका छन् । गृहमन्त्रीले यसो गर्नु भनेको प्रहरी संगठनमा दक्ष, इमानदार र कार्यकौशल भएका व्यक्तिहरुको हौसला बढ्नु हो । यसरी सुरक्षा निकायभित्र हौसला बढ्ने काम भएपछि अधिकांश आपराधिक गतिविधिमा संलग्न भएका व्यक्तिहरु कारबाहीको दायरामा आउने सम्भावना बढेर गएको छ । मन्त्रीको यस्तो कामले प्रहरी नेतृत्वले निर्वाह गर्ने भूमिका पनि सकारात्मक रुपमा अगाडि बढ्ने देखिन्छ ।

तर, प्रहरी संगठनभित्र इमानदार, सक्षम र बफादार व्यक्तिहरुलाई रुचाइँदैन । नेपालमा प्रहरी भित्र मात्रै होइन अन्य निकायमा पनि यस्ता व्यक्तिलाई रुचाइँदैन । त्यसकारणले पनि अधिकांश इमानदार प्रहरीहरु ओझेलमा पर्दै आएका थिए । अबका दिनमा नेपाल प्रहरीमा यस्तो हुने अवस्था देखिँदैन । तर, राजनीतिक दलको सरकार कसको बन्छ र प्रहरीमा को आइजीपी बन्छ त्यमा भरपर्छ । आगामी दिनमा बन्ने गृहमन्त्रीहरुले यसैलाई निरन्तरता दिन्छ कि आफ्नो विचार लादेर फेरि पहिलाकै स्थितिमा पु¥याउँछन् त्यो प्रतिक्षाको विषय बनेको छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *