ज्योत्सना भाउजु पनि के कम

राजनीति समाचार

काठमाडौं । डा.आरजु र मञ्जुले गरेको बद्नामीले कांग्रेसभित्र ठाडो शिर हुन सकेको छैन । कांग्रेसीहरुलाई भाउजु ज्योत्सना अधिकारीले पनि पिडा थप्दैछिन् । काठमाडौंकी रैथाने ज्योत्सनाले एनपी साउद मन्त्री बन्दा मन्त्राणीको पहुँच देखाउने सरकारी गाडी फेरी फेरी चढ्न निकै रुची राख्थिन । श्रीमान् शहरी विकास मन्त्री भएको अवसर पारेर यिनले इन्जीनियरहरुको सरुवा मात्र होइन, परियोजनाहरुको बजेटमा पनि चासो दिने गर्थिन । तर आरजु र मञ्जुको झैं मन्त्रालयमा गएर धर्ना बस्ने कार्यकर्ता थिएनन् ।

अहिले भाउजुले कञ्चनपुर कांग्रेसका नरेन्द्र भट्ट, सागर पाण्डे र मन्त्री श्रीमान्का स्वकीय सचिव दीपक जोशीलाई परिचालन गर्न थालेकी छन् । यो टोली पासपोर्टको नयाँ छपाइमा चासो राख्दा विगतको भन्दा सस्तो मूल्यमा फ्रान्सेली कम्पनीले नै छपाई गर्ने भएपछि एकाएक थन्केका हुन् । भाउजुको जोड पञ्चायतका खम्बा स्व.सूर्य बहादुर थापाका नाति सिद्धार्थ थापालाई नेपाली एजेन्ट बनाएर प्रति पासपोर्ट रु २९ मा दिने तयारी थियो ।

तर पुरानो कम्पनीले पहिले २८ लाख संख्यामा प्रति पासपोर्ट १४ रुपैयाँ ३५ पैसामा दिएको हो । यस पटक घटेर प्रति पासपोर्ट रु १० पैसा १३ मा दिन तयार हुँदा परराष्ट्रमन्त्री साउद मात्र होइनन, मन्त्राणाी पनि झल्यास भइन् । यसपटक संख्या पनि थोरै हो । १८ लाख छपाई यस पटक हुँदैछ ।

श्रीमान् शासक बन्दाको फाइदा श्रीमतीहरुले लिनैपर्ने नियम बसाल्ने डा.आरजु, मञ्जु, हिसिला मात्र भएनन् ज्योत्सना अधिकारी पनि भएकी छिन् । त्यसो त । खाँडको समयमा मञ्जुका पूर्वपति न्यायाधीश तेजबहादुर कार्कीतर्फका पुत्र प्रतिक कार्कीले पनि आम्दानीको काम राम्रै गर्थे । यसपटक खाँडले चुनाव हार्नु र नक्कली भुटानी प्रकरणमा जेल पर्नुले प्रतिक ओझेलमा परेका छन् ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *