एमालेमा किन घटे कार्यकर्ता

राजनीति समाचार

काठमाडौं । सुन्दा र समाचार हेर्दा यो बेला देशको ठूलो पार्टी २८ लाख समानुपातिक मत भएको ८ लाख क्रियाशील सदस्य रहेको पार्टीको सदस्यता नवीकरण गर्ने संख्या ३ लाख ६५ हजार पनि भएनन् । गुटको आधारमा पार्टी चलाएको फल ३ पटक समय थप्दा समेत एमालेप्रतिको मोह जागेन । यसको मुल कारण केपी ओलीको घमण्ड हो । ताल यस्तो छ, कृष्ण गोपाल श्रेष्ठ एमाले सुनको पार्टी हो भन्दैछन्।

विपक्षी दलको काम भनेको सरकारले गल्ती गर्दा खबरदारी गर्ने हो । जनताको समस्यामा प्राथमिकता दिने एमालेको दायित्व थियो । तर केपी ओली अध्यक्ष र संसदीय दलको नेता बनेपछि एमाले भ्रष्टाचारमा रमायो । जनताप्रति बेवास्ता गर्न थाल्यो । पार्टीको सदस्यता नवीकरण गर्ने रुची जागेन ।

पार्टीसँग जोडिएका मुद्दाका बारेमा बोल्ने तागत एमालेसँग भएन । गोकुलको ७० करोड काण्ड सेक्युरिटी प्रेस खरिदमा भएको घोटालामा त्यहीँका कर्मचारी जेल परे । तर काम केपी ओलीकै इशारामा भएको भनिन्छ । झापाको गिरीबन्धु टी स्टेटको जग्गा फुकुवा काण्ड ओलीको निर्देशन विपरीत पद्मा अर्यालले गरिन भन्न सकिँदैन । थामसेकु र यति होल्डिङ्स जोडिएका नेपाल ट्रष्टको जमिन र सगरमाथा राष्ट्रिय निकुञ्जको २७२ रोपनी जमिन भाडामा छन् । ईश्वर पोखरेल एक्लैको काम थिएन ।

पशुपतिको धर्मशालामा पाँच तारे होटल चलाउन दिने केपी नै हुन् । उनले मारवाडी समुदायले कोषसँग भाडामा लिएर मासिक १५ लाख भ्रष्टाचार गर्दा ध्यान गएन । यस्ता विकृतिका काम कति छन् कति ? पार्टीका लगनशील कार्यकर्ताले चित्त बुझ्दो जवाफ पाउँछन् कसरी ? अहिले सत्ताबाहेक एमालेको ध्यानै छैन ?

असारमा कृषि मल नपाएर ओलीकै शासनमा किसान पीडित थिए । बजार अनुगमन नगर्दा उपभोक्ता जन पीडित थिए । अहिले मलको हाहाकार छ । देशभर २ लाख ५६ हजार मेट्रिक टन मल आवश्यक छ । सरकारले १ लाख ६५ हजार मेट्रिक टनभन्दा बढी ल्याउँदैन भने ९१ हजार मेट्रिक टन सँधै अभाव हुन्छ । त्यसमा माफिया जाग्छन्, कालोबजारी गर्छन्, विपक्षी बोल्दैनन् ।

नेपालको विपक्षीलाई सत्ता पाउँदा टिकाउन नसक्ने पार्टी एकता भत्काउने संसद भंग गर्ने, बहुमतको सरकारलाई काम गर्न नदिने संसद अवरोध गर्ने भ्रष्टाचारको छानबिनमा अवरोध ल्याउने सरकारी ध्वाजावाहक कम्पनी डुबाउने गरेपछि कसरी सदस्यता नवीकरण हुन्छ ? ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *