अर्थमन्त्रालयमा ‘कालेकाले मिलेर खाउँ भाले’

राजनीति समाचार

काठमाडौं । राजनीतिक दलका अधिकांश नेताहरु विभिन्न भ्रष्टाचारका काण्डमा मुछिँदै आएका छन् । त्यसमध्य सबैभन्दा चर्चामा रहेका महिला नेतृहरुमा नेपाली कांग्रेसकी केन्द्र सदस्य आरजु राणा र मञ्जु खाँड छन् । उनीहरु नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाए अमेरिका पठाउनेदेखि चुनावका बेला टिकट बेच्ने र कर्मचारी सरुवाबढुवामा कमिसन खाने कारणले चर्चित भएका छन् । उता नेपाली कांग्रेस निकट कर्मचारी संगठनका नेता गोपाल पोखरेलको त्यस्तै हालीमुहाली चलिरहेको छ ।

पोखरेलको जागिरे अवधि पनि अझै दुई वर्ष बाँकी छ । उनको अध्यक्ष पदको कार्यकाल पनि लगभग दुई वर्ष नै बाँकी छ । उनी विगत २२ वर्षदेखि अर्थमन्त्रालयमा कार्यरत छन् । उनीलाई अर्थको भन्दा अन्य क्षेत्रको अनुभव छैन । उनले आफ्नो जागिरे अवधिभरमा अर्थमन्त्री कति फेरे कति । त्यसको लेखाजोखा छैन । अहिले त एकातिर अर्थमन्त्रालयमा बसेको अर्कोतिर कर्मचारी संगठनको नेता भएपछि उनले भनेको कुरा कर्मचारीहरुले नमान्ने कुरै भएन ।

त्यस्तै उनका दौतरी शोभाकान्त पौडेल पहिला आन्तरिक राजश्व विभागमा थिए । अहिले पौडेललाई भन्सार विभागको महानिर्देशक बनाइएको छ । त्यस्तै कांग्रेस निकट कर्मचारी र आफू ओरिपरि घुम्ने कर्मचारीलाई अर्थमन्त्रालय अन्तर्गतका विभिन्न आम्दानीको स्रोत हुने ठाउँमा फिट गरेका छन् । त्यस्तै उनले कर्मचारी युनियनका पदाधिकारीहरु विभिन्न मालदार ठाउँ जस्तै कम्पनी रजिस्टार, उद्योग विभाग, वाणिज्य तथा आपूर्ति विभाग, यातायात, मालपोत, नापी र स्थानीय निकाय तहमा फिट गरेका छन् ।

अहिले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार भए पनि नेपाली कांग्रेसकै नेता डा. प्रकाशशरण महत अर्थमन्त्री भएपछि पोखरेलाई हाइसन्चो भएको छ । त्यस्तै तत्कालीन राजश्व अनुसन्धानका महानिर्देशक दीर्घराज मैनालीलाई आन्तरिक राजश्व विभागमा पठाइएको छ । उनी राजनीतिक विचारमा एमाले निकट हुन् । किन भने मैनालीलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले राजश्व अनुसन्धानको महानिर्देशक बनाएको थियो । तर, राजश्व अनुन्धान विभागको महानिर्देशक भए पनि राजश्व उठाउन भने उनले सकेका थिएनन् ।

अहिलेका अर्थमन्त्री प्रकाशशरण महतलाई खुसी पारेर उनी आन्तरिक राजश्व विभागको महानिर्देशक बनेका छन् । भन्सार विभागको महानिर्देशक शोभकान्त पौडेल, अर्थमन्त्री प्रकाशशरण महत र कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलको योजनामा एक क्वीन्टल सुन भित्र्याउने योजना ल्याइएको त होइन भन्ने भनाइ कर्मचारी वृत्तमा चर्चा चल्न थालेको छ । तर, यसबारे अहिलेसम्म आधिकारिक जानकारी भने सार्वजनिक भएको छैन । राजश्व अनुसन्धान विभागले बरामद गरेको सुनको छानविन गरिरहेको छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *