सुन तस्करीका मालिक उम्काउन चलखेल

राजनीति समाचार

काठमाडौं । राजश्व अनुसन्धान विभागको विशेष टोलीले बुधबार साँझ सिनामंगलबाट करिब सय केजी सुन बरामद ग¥र्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार र अध्यागमनदेखि प्रहरीसम्मलाई मिलाएर जाँच पास भएर बाहिरिएको उक्त सुन ट्याक्सीमा राख्दै गर्दा बरामद गरियो । इतिहासमै पहिलोपटक झण्डै एक सय क्विन्टल सुन बरामत भएसँगै प्रश्न उठ्यो, बरामद गरिएको सुनको मालिक को हो ?कतै,भरियालाई समाएर मालिकलाई उम्काउने खेलोमेलो त हुँदैछैन,पर्दा पछाडि ?

सुनसँगै जोडिएर आउने व्यवसायी हुन,दीपक मलहोत्रा । चोरको खुट्टा काट भन्दा खुट्टा तानेकै शैलीमा उनले भोलिपल्टै पत्रकार सम्मेलन आयोजना गरे । त्यहाँ तीन वटा तथ्य खुलाए,विमल पोद्धारसँग सम्बन्ध,भूकम्प पछाडिको त्रिपाल काण्ड र एयरपोर्टको सेटिङ । यस अघि ३३ किलो सुन प्रकरणमा समेत मलहोत्राको नाम जोडिएको हो । मलहोत्राले ०५६–०५७ तिर हङकङबाट सस्तोमा घडी ल्याएर नेपालमा बिक्री गर्दै आएका छन् । जबकी उनका बुवा चर्चित होटेल मानसरोवरको साहु थिए ।

हरिवंश आचार्यको पुस्तक चिना हराएको मान्छेमा मलहोत्राको सुन तस्करीबारे खुलासा गरिएको छ, उक्त पुस्तकमा आचार्य लेख्छन्,मलहोत्राले विदेश गएका नेपाली श्रमिक र त्यहाँबाट नेपाल फर्किनेहरुलाई भरिया बनाउँदै आएको तथ्य । त्यतिबेला १० केजीसम्म सुन ल्याउन पाइन्थ्यो । त्यही फाइदा उठाउँदै मलहोत्राले हङकङबाट नेपाल आउने हरकोहीलाई पैसाको सट्टा सुन ल्याउन लगाउथें ।

सुनको व्यापारमा मन्दी छाए पछि उनी मोडिए अरु नै व्यापारमा । मोवाइलको व्यापार गर्दै आएका मलहोत्राले त्रिभुवन विमानस्थल अगाडिको पार्किङ ‘आइएमएस एयपोर्ट सर्भिसेज’को एयरपोर्टको गेटदेखि भित्रैसम्म रजगज जमाउँदै आएका छन् । एयरपोर्टको ५२ रोपनी सरकारी जमिन भाडामा उपयोग गर्दै जमिन कौडीको भाउमा उपयोग गर्दै आएका मलहोत्राले रसुवाका ठेकेदार सांसद मोहन आचार्यको रसुवा केडी जेभीलाई ३० वर्षका लागि भाडामा दिएर सञ्चालन गर्दै आएका छन् ।

रसुवा केडीले वार्षिक ७० लाख रूपैयाँ भाडा बुझाउनुपर्ने सम्झौता छ । कतिसम्म भनिन्छ भने अध्यागमनको डिजी,त्रिवि अन्तराष्ट्रिय विमानस्थलको कार्यालय प्रमुखदेखि त्यहीको भन्सारको प्रमुख नै मलहोत्राकै सेटिङमा नियुक्ति हुन्छ । संयोग नै मान्नुपर्दछ एयरपोर्टबाट १०० किलो बढी सुन बरामद् हुँदा अहिले विमानस्थल भन्सार कार्यालयका प्रमुखरहेका सहसचिव अरुण पोखरेलले ढाडमा समस्या देखाएर बिदामा बसेका छन्,१७ भदौसम्मलाई । यस्तै, विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुनचन्द ठकुरी पनि साता दिनका लागि बिदामा थिए । यि दुबै कार्यालय प्रमुखको बिदा संयोग हो वा सेटिङ प्रश्न गर्न थालिएको छ ।

उता यस अघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ३३ किलो सुन प्रकरणमा मुछिए मलहोत्राका पार्टनर विमल पोद्दार । मलहोत्राका व्यापारिक साझेदार विमल पोद्दार पटक पटक सुन तस्करीमा पक्राउ पर्दै छुट्दै आएका छन् । केपी ओलीदेखि प्रचण्डसँग समेत सम्बन्ध भएका कारण उनी जोगिदैं आएका हुन ।

उता,मलहोत्राले पूर्व मिस नेपाल जेनिसा मोक्तानको नाममा कम्पनी खडा गरेर सुनको कारोबार गर्दै आइरहेको मलहोत्रा निकट सूत्रको भनाई छ । मलहोत्राले सीतापाइला तीन रोपनीभन्दा बढी क्षेत्रफलको जग्गा लिएर त्यहाँ मार्फत नै सुनको कारोबार गर्दै आएका छन् । यो काममा उनलाई हरि पोखरेल नामक व्यक्तिले सघाउँदै आएका छन् ।

नेपालमा समानान्तर सत्ता चलाउँदै आएका मलहोत्रा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा झापाको गिरिबन्दु टि स्टेटको नाममा रहेको ५ सय ४३ विगाह जग्गा प्लटिङ गराएर बेच्न भूमि सम्बन्धी ऐन नै संशोधन गराएका थिए । सो संशोधन गराए वापत डिल्लीबजारस्थित सिल्भर सिटीमा पूर्व भूमिसुधार मन्त्री पद्या अर्याललाई अर्पाटमेन्ट नै उपहार दिएका थिए । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *