रवि लामिछाने पनि घेराबन्दीमा

राजनीति समाचार

काठमाडौं । अहिले रास्वपाभित्र चर्किएको द्वन्द्वले रवि लामिछाने घेराबन्दीमा परेको समाचार स्रोतले बताउँछ । संचारकर्मी हुँदा सरकारका मन्त्री र नेताको उछितो काडेका रविले पत्रकारितालाई संगठित गिरोह बनाएर असुली गर्दथे भन्ने गरिन्थ्यो । पत्रकार महासंघ, प्रेस काउन्सिलजस्ता संस्था भन्दा रवि ठूला थिए । तर उनी नक्कली नागरिकता र पासपोर्टकै आधारमा अमेरिका आउजाउ गर्ने गर्दथे ।

राजनीतिमा लागेर दल घोषणा गरेपछि पुराना रैथाने पार्टी कांग्रेस, एमाले, माओवादीप्रति जनताको वितृष्णाको फाइदा रविले लिन पुगे । अहिले रास्वपाभित्र रवि घेराबन्दीमा परेका छन् । डा.तोषिमा कार्की, सोभिता गौतम, डा.स्वर्णिम वाग्ले जस्ता मिडियामुखी नेताहरु असन्तुष्ट देखिन्छन् । रास्वपालाई अमेरिकी विद्धानहरुको पार्टी भनि संज्ञा पनि दिइएको छ ।

रवि लामिछाने गृहमन्त्री हुँदा राष्ट्रिय परिचयपत्र छपाईको काम फ्रान्सेली कम्पनीलाई दिएर ३ अर्ब फाइदा लिने डिजाइन बनाएको समाचार बाहिरिएपछि उक्त ठेक्का उपप्रधानमन्त्री नारायणकाजीले बदर गरिदिएर देश भित्रै गृह मन्त्रालयले परिचय पत्र छाप्ने निर्णय गरे । सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास काण्ड हुँदै एयरपोर्टबाट भित्रिएको १ सय ६० किलो सुनको छानबिन गर्दा भ्रष्टाचार विरोधी एमाले, रास्वपाका रवि लामिछाने, राप्रपाका राजेन्द्र लिङदेनले निष्पक्ष छानबिन गर्न माग गरे ।

सरकारले काम कस्तो गर्छ त्यो हेर्न बाँकी नै छ । तर अहिले नारायणकाजीले राम्रो काम अगाडि बढाएका छन् । सबै राजनीतिक दलहरुको आ–आफ्नै काण्ड छ र त्यसको छानबिन हुनुपर्दछ । भ्रष्टाचारका मामिलामा अहिले अख्तियार मौन बसेको छ । विगतमा भएका असंवैधानिक नियुक्तिलाई भ्रष्टाचारको जडको रुपमा हेरिएको छ ।

रास्वपाको छुट्टै पहिचान बनाउन रवि लामिछाने असमर्थन देखिन्छन् । उनी विभिन्न राजनीतिक दलको पछि लागेर आफ्नो स्वार्थ सिद्ध गर्न लागिपरेका छन् । डा.स्वर्णिम वाग्लेको क्षमता पनि जनताले देखिसकेका छन् । त्यसैगरी, हिजो डा.बाबुराम भट्टराईको पछि लागेका गोरखाका हरिशरण आचार्य, देवेन्द्र थापाहरुले केन्द्रमा ठाउँ नपाएर हिस्सिएका छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *