फुटेको कांग्रेसलाई जोड्ने प्रयास

राजनीति समाचार

काठमाडौं । महाधिवेशन सम्पन्न भएको वर्ष दिनपछि पार्टीको केन्द्रस्य समिति बैठक सम्पन्न भएको छ । संसदमा सबैभन्दा ठूलो शक्ति भएको कांग्रेसले संघमा ३ वटा मन्त्रालयमा चित्त बुझाउनु परेको र पार्टीभित्रको किचलोकै कारण कांग्रेसभित्र अस्थिरता छाएको भन्दै नेताहरु असन्तुष्ट देखिएका छन् ।

किसानको अनुदानमा आँखा लगाएर नक्क्ली बाख्रापालन गरेका गगन थापा महामन्त्रीको हैसियतले सार्वजनिक गरेको प्रतिवेदनमा कसैले ध्यान दिएन । थापाको प्रतिवेदनमा पार्टीका भगीनी संगठनहरुको सुधारका विषयमा सुझावहरु थिए । राजनीतिक किचलोका कारण कमजोर बनेका कांग्रेसका संगठनहरुलाई पूर्णता दिने विषय थापाले उठाएका थिए । महामनत्री थापाले भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेता बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने कुरा उठाएका थिए । तर खाँडका निकट मानिने कांग्रेसी नेताहरु ध्रुव वाग्ले, महेन्द्र यादव, शंकर भण्डारीहरुले गगनको खुलेरै विरोध गरे । सभापति देउवा र वरिष्ठ नेता डा.शेखर भने तैंचुप मैचुप भए ।

कांग्रेसको बैठकमा जनजिविकाको विषयहरु उठान नै भएन । कालोबजारी र भ्रष्टाचारलाई प्रश्रय दिँदै आएको कांग्रेसले भुटानी शरणार्थी काण्डमा परेका कांग्रेसका नेताहरुको छानबिनमा सहयोग गर्छ कि गर्दैन भन्ने कुरा पनि बैठक र प्रत्यक्ष प्रसारणले छर्लंग पारिदिएको छ । थापाले संगठनका बारेमा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले नीति तथा योजनाका बारेमा बैठकमा प्रतिवेदन बुझाएका थिए । सभापति देउवाको नाम भजाएर फाइदा लिने उपसभापति पूर्णबहादुर खड्का, डा.प्रकाशशरण महत, बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिए । बालकृष्ण खाणलाई डा.आरजु देउवाले बद्नाम गराएकी हुन् । यस्ता बद्नाम पात्रहरुलाई पार्टीले संरक्षण गरेको छ ।

कांग्रेसको नाममा जनतालाई दुख दिने सिन्धुपाल्चोकका तस्कर मोहन बस्नेत, गुण्डा र अपराधीकै संरक्षक रामहरि खतिवडा र शंकर भण्डारीजस्ता नेताहरु पार्टीबाट संरक्षित छन् । पैसा र शक्तिको बलमा कांग्रेसमा हैकम चलाउँदै आएका नेताहरुकै कारण कांग्रेस माथि उठ्न सकेको छैन । पाँच दलीय गठबन्धन नभएको भए यी सबै नेताहरु पराजित हुने अवस्था थियो । यस्ता नेताहरुबाट कांग्रेसको संगठनलाई बचाउन मुस्किल छ । आगामी मंसिरमा कांग्रेसले नीति अधिवेशन गर्दैछ

। पार्टी सत्तामा भएपनि जनताको विषयमा कुनै आवाज उठाउन सकेको छैन । कालोबजारी र अभाव अझै बढ्दै गएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कांग्रेसको भागमा छ । तर महंगी नियन्त्रण र भ्रष्टाचार निराकरणमा कांग्रेसको चासो छैन । यस्तो अवस्थामा कांग्रेस सुध्रने र जोडिने सम्भावना निकै कम देखिन्छ ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *