अर्थमन्त्रीकै कारण निर्माण व्यवसायी छटपटाउँदै

राजनीति समाचार

काठमाडौं । यतिबेला निर्माण व्यवसायीले भुक्तानी नपाएर गुनासो गरिरहँदा तत्कालीन एमाले सरकारको अन्तिम कार्यकालको पालामा योजना स्वीकृति गरेर मौखिक, लिखित आदेशमा बहुवर्षे र त्रीवर्षे योजना छनोट गरी ठेक्का लगाएको थियो । उक्त ठेक्का बमोजिमको निर्माण सम्पन्न पनि गरेका थिए । त्यो बेला निर्माण सम्पन्न गरिएको भुक्तानी निर्माण व्यवसायीहरुले अहिलेसम्म पाएका छैनन् । त्यसरी व्यवसायीले निर्माण सम्पन्न गरेबापतको रकम पाउन सकेका छैनन् ।

भुक्तान दिनुपर्ने करिब ३० देखि ३२ अर्ब रहेको छ । अहिलेका अर्थमन्त्री डा. प्रकाशशरण महतले त्यसरी बाँकी रहेको पहिलाको भुक्तानी दिन आनाकानी गरिरहेका छन् । त्योसँगै भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले पनि उक्त बाँकी भुक्तानीको लागि कुनै पहलकदमी गरेका छैनन् । हाल निर्माण भएका आयोजनाहरुको भुक्तानी पनि करिव ३० देखि ३५ अर्ब रुपैयाँ दिनुपर्ने निर्माण व्यवसायीको भनाइ छ । तर, अर्थमन्त्री डा. महतले भने यसरी निर्माण सम्पन्न भएका आयोजनाहरुको ठेक्काको भुक्तानी दिन सकेका छैनन् ।

तर, डा. महतलाई त्यो भुक्तानी दिनको लागि माथिको आदेश चाहिन्छ । त्यो भुक्तानी दिन कि त कांग्रेस सभापति शेरबहादुर देउवा कि त देउवा पत्नी डा. आरजु राणा देउवाको आदेश चाहिन्छ । अन्यले भनेको अर्थमन्त्री महतले मान्दैनन् । अर्थमन्त्री महतले शेरबहादुर देउवा र पत्नी आरजुले भनेको जस्तोसुकै आदेश पनि मान्ने गरेका छन् ।

त्यसै कारणले होला अहिले कांग्रेस पार्टीभित्रैबाट अर्थमन्त्री महतको राजीनामासमेत माग भइरहेको छ । ठेक्काको भुक्तानी नभएपछि कतिपय निर्माण व्यवसायीहरुको त उठिवास नै हुन थालेको व्यवसायीको गुनासो छ । एकातिर निर्माण व्यवसायीको गुनासो छ भने अर्कोतिर विभिन्न आयोजना प्रमुखहरु पनि व्यवसायीको भुक्तानी समयमा दिन नसक्दा असन्तुष्टि व्यक्त गरिरहेका छन् । त्यसप्रति अर्थमन्त्री र सम्बन्धित निकायले ध्यान दिएका छैनन् ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *