भाग्यमानी हरिकृष्ण कार्की सर्वोच्चबाट बिदा हुँदै

राजनीति समाचार

अबको १६ महिनापछि प्रधानन्यायाधीश को ?
काठमाडौं । कुनैबेला न्यायालय भन्नेबित्तिकै सर्वसाधारण जनताले अन्यायमा पर्नुपर्दैन भनेर ढुक्क हुन्थे । त्यस्तो गरिमामय संस्था जसले सर्वसाधारणलाई अभिभावकत्व दिने सर्वोच्चभित्र राजनीति छिरेपछि अहिले सर्वसाधारण जनताले विश्वास गर्न छाडेका छन् । त्यो गरिमामय संस्था न्यायालबाट पछिल्लो समय कतिपय दोषी उम्काउने र निर्दोषलाई फसाउने काम हुन थालेको आभास हुनथालेपछि यसको गरिमा विस्तारै खस्किँदै गएको छ र कतिपय सर्वसाधारणले न्याय पनि पाएका छैनन् ।

अहिले न्याय क्षेत्रबाट अधिकांश सर्वसाधारण पीडित पनि भएका छन् । न्यायालयमा राजनीतिक भागबण्डा चल्ने भएको कारणले अधिकांश सर्वसाधारणले न्याय पाउन सकेका छैनन् । कतिपय सर्वसाधारणहरु स्वतन्त्र ढंगले चल्ने गरेका छन् । त्यसैको आधारमा न्याय परिषद् चल्नु पर्ने हो । तर, राजनीतिक दलहरको कारणले गर्दा न्यायालय बद्नाम हुँदै गएको छ । हिजो बसेको संवैधानिक परिषद्को बैठकले विश्वम्भर श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ ।

श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्ति गर्दा उनको कार्य अवधि १६ महिना रहने छ । हालका न्यायाधीश हरिकृष्ण कार्की साउन २० गते उमेर हदको कारण अवकाशमा जाँदैछन् । संवैधानिक प्रावधान अनुसार प्रधानन्यायाधीश अवकास प्राप्त हुनुभन्दा एक महिना अगाडि नै विदा बस्ने चलन थियो । तर, सरकारले हिजो मात्रै संवैधानिक परिषद्को बैठक राखेको थियो । हाल सर्वाेच्चमा ६ न्यायाधीश पद रिक्त छन् भने उच्च अदालतमा ५३ जना न्यायाधीश खाली छन् ।

तर, सरकारले प्रधानन्यायधीशमा विश्वम्भर श्रेष्ठलाई सिफारिस गरेको छ । श्रेष्ठको १६ महिने कार्यकालमा सर्वोच्च अदालतको गरिमा राख्न सक्छन् कि सक्दैनन् त्यो प्रतिक्षाको विषय बनेको छ । श्रेष्ठ १६ महिनापछि सेवा निवृत्त हुने छन् । त्यसपछि न्याधानन्यायाधीश हुने लाइनमा प्रकाश राउत र सपना मल्लको चर्चा छ । यी दुईमध्ये प्रधानन्यायाधीशमा कस्ले बाजी मार्ने हुन् त्यो पनि एकिन छैन । यसरी न्यायाधीशको पद रिक्त हुँदा मुुद्दाको चाङ पनि बढेर गएको छ ।

त्यस्तै, कतिपय न्यायाधीशहरु अवकाशमा पनि जाँदैछन् । अवकाश गएपछि सर्वाेच्चमा ६० जना न्यायाधीश खाली हुने अवस्था देखिँदै छ । रिक्त रहेका न्यायाधीश नियुक्ति गर्नको लागि पनि राजनीतिक भागबण्डा चलिरहेको छ । तर, हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की भने भाग्यमानीमा पर्दछन् । कार्की वारको अध्यक्ष पनि भए । वारको अध्यक्षबाट राजीनामा दिएर महान्यायाधिवक्ता पनि भए । कार्कीले महान्यायाधिवक्ताबाट राजीनामा दिएको दुई महिनापछि प्रधानन्यायाधीश भए ।

प्रधानन्यायाधीश भएपछि कार्कीले राज्यको उच्च सेवासुविधासहित नाम पनि कमाए । त्यसकारण सबैभन्दा भाग्यमानीमा प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम आउँछ । तर, सर्वाेच्चमा उनको कार्यकालमा मुद्दाको चाङ भने बढेर गएको थियो । अब वरिष्ठको आधारमा विश्वम्भर श्रेष्ठ प्रधानन्यायाधीश हुने क्रममा छन् । त्यस्तै, केही वर्षपछि प्रधानन्यायाधीश हुने भाग्यमानीको सूचीमा सपना मल्ल प्रधान पर्ने सम्भावना छ । किन की उनी पहिला एमालेबाट समानुपातिक सांसद पनि भएकी थिइन् ।

उनी प्रधानन्यायाधीश भएको खण्डमा उनको कार्यकाल साढे तीन वर्ष रहने छ । अहिले संवैधानिक परिषद्भित्र प्रधानन्यायाधीश नियुक्तिको विषयलाई लिएर विभिन्न टिक्काटिप्पणीहरु उठ्न थालेका छन् । किन भने संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश पदमुक्त हुनुभन्दा एक महिना अगाडि नै बिदामा बस्नुपर्ने प्रावधान थियो ।

तर, अहिले राजनीतिक खिचातानीका कारण त्यो प्रावधान तोडिएको छ । संवैधानिक नियम अनुसार प्रधानन्यायाधीश बिदामा बस्दा जेष्ठताको आधारमा कायममुकायम प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्नेमा न्यो पनि गर्न सकेको थिएन । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *