सामाजिक सञ्जालको दुरुपयोगले विकृति फैलिँदै

राजनीति समाचार

काठमाडौं । कर्मचारी प्रशासनभित्र दिनप्रतिदिन विभिन्न भ्रष्टाचारदेखि यौन काण्डसम्मका समाचार सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा समेत उजागर हुने गरेका छन् । उनीहरुका कहिले भ्रष्टाचार काण्डमा मुछिएको समाचार आउँछ भने कहिले यौनकाण्डमा मुछिएका काण्डहरु आउने गरेका छन् । कतिपय कर्मचारीहरुले त यस्ता समाचारलाई वास्ता पनि गर्न छाडेका छ्न् । कतिपय कर्मचारीहरुले यस्ता समाचारलाई नकरात्मक रुपमा हेर्न पनि थालेका छन् ।

अहिले अधिकांश सरकारी कार्यालयका भ्रष्टाचारका समाचारहरु व्यापक रुपम आउन थालेका छन् । यसैगरी भ्रष्टाचार काण्डका समाचारहरु आउनेमा प्रायजसो स्थानीय तह, मालपोत, नापी, यातयात कार्यालय, सडकमा कार्यरत कर्मचारीहरुको समाचार बाहिर आउन गरेका छन् । कतिपय स्थानीय तहका कर्मचारी र महिलाबीच भएको यौनहिंसाका समाचार समेत बाहिरिने गरेका छन् ।

हालै मात्र मध्यपहाडी लोकमार्ग आयोजना प्रमुख हरिकुमार पोखरेलले आफ्नै घरमा काम गर्ने महिलासँग अवैध सम्बन्ध राखेको भन्दै सामाजिक सञ्जालमा छाएपछि उनलाई प्रहरीले पक्राउन गरेको छ । त्योसँगै दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलाले एक महिलासँग अश्लिल हर्कत गरेको टिकटक भिडियो बाहिरिएपछि बद्नाम भएका छन् । अधिकांश कर्मचारीहरु महिलालाई सहयोग गर्ने नाउँमा फस्ने गरेका छन् ।

कतिपय कर्मचारी त हाँसीमजा गरेबापत बिनाकाममा फस्ने गरेका छन् । त्यस्तै कतिपय जानीनजानी विभिन्न आश्वासनमा फस्ने गरेका छन् । अहिले यस्तो विकृति र विसंगति गर्नेहरुको फेसन नै बनेको छ । कतिपय महिलाहरुले आफ्नो फाइदा उठाउने र पछि त्यसैलाई निहु बनाएर पुरुषको हुर्मत लिने काम गर्दै आएका छन् । यसरी बद्नाममा परेर फस्नेहरु बैंकिङ क्षेत्र, संसद्, कर्मचारी, सुरक्षा निकाय, न्यायालय, विभिन्न सरकारी कार्यालय, पत्रकार, वकिल, शिक्षक, शिक्षिका, विद्यार्थी, नेता, कार्यकर्ता, यातायातलगातका क्षेत्रभित्र समेत यस्ता विकृतिका समाचारहरु बाहिरिने गरेका छन् ।

यस्ता समाचार विभिन्न क्षेत्रबाट आइरहने हो भने भोलिका दिनमा समाजमा कस्तो असर पर्ने हो यकिन छैन । राज्यको संवेदनशील क्षेत्रमा काम गर्ने विभिन्न निकायबाट यस्ता विकृति, विसंगति फैलिइरहँदा सम्बन्धित निकायले त्यसको खोजविन गरी कारबाहीको दायरामा ल्याउनुपर्नेमा उल्टै त्यसैमा रमाउने गरेका छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *