गुप्तचरका भूमिले धानेनन् एयरपोर्ट

राजनीति समाचार

काठमाडौं । एयरपोर्टमा कुनै बेला प्रहरीका एसपी विकास खनालले सुनको बिस्कुट ओसार्दा निलम्बनमा परेका थिए । राजनीतिक शक्तिको आडमा विकास खनालले सफाइ पाए । सर्वेन्द्र खनालले उनलाई जोगाइएदिएका थिए र माओवादीले डीआईजी बनाइदियो । हेर्डक्वार्टरको अपराध महाशाखामा उनको दरबन्दी छ । लागूऔषध ब्यूरोमा हुँदा राम्रै काम गरेकाले पेरिसडाँडाले खनाललाई डिआईजी बनाएको थियो । आफ्नो स्वार्थ पुरा भएपछि खनाल माओवादीकै विरुद्धमा लागेका छन् । खनालको स्वभाव स्वार्थी रहेको छ ।

उता गुप्तचरका एसएसपी भूमि पाठकले एयरपोर्टको तनावले रन्थनिएका छन् । पाठक ललितपुरतिर सरुवा हुने दाउमा छन् । एयरपोर्टमा तनहुँकै पप्पु पौडेललाई पठाउने चर्चा रहेको छ । गोविन्दराज जोशी निकट मानिने भूमि र रामचन्द्र पौडेल निकट मानिने पप्पुबिचमा एउटै जिल्लाबासीको सम्बन्ध भएपनि मेलमिलाप भने छैन । पाठक विवादित व्यक्ति हुन् । यी दुबै अधिकृतहरु नेताको पहुँचबाटै सोझै निरीक्षक पदमा छिरेका थिए । देवीराम शर्मा प्रमुख हुँदा भूमि र पप्पुले प्रवेश पाएका थिए । यी दुईबिच कामको भन्दा पनि कमाईको लागि प्रतिस्पर्धा हुने गर्दछ ।

भन्सार विभाग र अध्यागमनको साँठगाँठमा तस्करहरुले रजाइँ गर्ने गरेका छन् । एयरपोर्टमा कर्मचारी र सुरक्षा निकायबिच भागवण्डा नमिलेपछि सुन कब्जा गरिएको चर्चा हुन थालेको छ । विकास खनालको कमाई महाराजगंज प्रहरी प्रभागमा रहँदादेखि नै बढेको हो । उनले त्यही बेला टोखा–४ मा हवेली खडा गरेका हुन् । भूमि पाठक, पप्पु पौडेल र विकास खनाल यी तीनै जना तनहुँ जिल्लाबासी हुन् ।

राष्ट्रिय अनुसन्धानले समेत एयरपोर्टको सुराकी गर्न सकेन । विभाग गिरोहसम्म पुग्न नसकेको कुरामा प्रमुख हुतराज थापा, प्रशासन प्रमुख दीपक सहमत छन् । त्यसैले पाठकलाई एयरपोर्टबाट हटाएर पप्पुलाई पठाउने तयारी भएको समाचार स्रोत बताउँछ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *