उद्योग सचिव निरौला कर्मचारी कि कांग्रेस कार्यकर्ता ?

राजनीति समाचार

काठमाडौं । सिंहदरबारका सिंह भनेर चर्चामा रहने गरेका सचिव मुकुन्द निरौला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेका छन् । सडक विभागको प्रशासकीय अधिकृत हुँदा एकाबिहानै भोड्का खाएर कार्यालय पुग्ने निरौलाले उद्योग मन्त्रालयको कार्यकक्षलाई कांग्रेसको सम्पर्क कक्षजस्तै बनाएका छन् ।

कामभन्दा कार्यकक्षमा बधाई खान रुचाउने निरौला कांग्रेसी आडमा सिंहदरबारको सिंह बनेको कर्मचारीहरुको गुनासो छ । खाने र खुवाउने कुरामा सिपालु निरौला जहाँ गएपनि शानले बस्ने गरेका छन् । कांग्रेसको आर्शिवादले वातावरण विभागको महानिर्देशकबाट सचिव बढुवा भएका निरौला मन्त्रालयको जिम्मेवारी धान्न असक्षम रहेको स्रोत बताउँछ ।

कालोबजारी, ब्यापारीको बद्मासी नियन्त्रण गर्नतिर निरौलाको ध्यान पुग्न सकेको छैन । कालोबजार उनको नजरले भेटेको छैन । डा.आरजु देउवालाई चिन्ने, जनता नचिन्ने मनत्री भएका बेला सचिवको रुपमा निरौला पाउनुले मन्त्रालयको कार्यसम्पादन राम्रो होला भनेर आशा गर्न सकिँदैन भन्दै एक कांग्रेसका कार्यकर्ताले गुनासो गरेका छन् ।

महानिर्देशक हुँदा निरौलाले मस्ती गरेकै थिए । निजामती कर्मचारीभन्दा पनि आफुलाई कांग्रेसको कार्यकर्ता भन्न रुचाउने सचिव निरौलालाई मन्त्रालयका कर्मचारीले नै रुचाउँदैनन् । व्यापारी उद्योगीको सम्बन्ध रहने उद्योग मन्त्रालयले जनताको सरोकारलाई ध्यान दिएको छैन । वातावरण विभागबाट बाग्मती प्रदेशको सचिव भएको बेला एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग निरौलाको राम्रो सम्बन्ध रहेको थियो ।

एमालेको सरकार हुँदा पनि राम्रो कमाई हुने ठाउँमा निरौलाले हैकम जमाएका थिए । आफ्नो स्वार्थ जता छ त्यतै लाग्ने निरौला अहिले कांग्रेसको खाटी कार्यकर्ताका रुपमा उदाएका छन् । खान र खुवाउन सिपालु सचिवको कार्यकक्षमा कर्मचारीभन्दा पनि अहिले कांग्रेसका नेता र कार्यकर्ताको भिड देखिन्छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *