मीनबहादुर गुरुङकै बाटो पछ्याउँदै चन्द्र ढकाल

राजनीति समाचार

काठमाडौं । बैंकर चन्द्र ढकाल र अहिले ललिता निवास जग्गा प्रकरणमा डामिएर प्रहरी हिरासतमा पुगेका भाटभेटनीका मालिक मीनबहादुर गुरुङमा केही समानता छ । जसरी मीनबहादुरले नेपाल बैंकको जागीर छाडेर व्यवसायमा मोडिए ठीक उसैगरी चन्द्र ढकाल पनि नेपाल बैंकको सरकारी जागिर छाडेर व्यवसायमा मोडिए । नाम र दामसंगै भाटभटेनी सुपरमार्केटलाई सुपर बनाएर चर्चामा आएका गुरुङ अहिले बदनामी खेप्दैछन्,ललिता निवास जग्गा प्रकरणले । दूर्गम पहाडी जिल्ला खोटाङ्गको एक विकट गाउँमा मध्यम बर्गीय किसान परिवारबाट गुरुङ काठमाडौं छिरेका हुन चन्द्र ढकाल बाग्लुङबाट ।

०५० सालमा नेपाल बैंकको अधिकृत (सहायक प्रबन्धक) पदबाट राजीनामा गरेर जागिर छाडेका गुरुङ भाटभटेनी सुपरमार्केटका अलवा दर्जनौं कम्पनीका मालिक हुन । भाटभेटनीका अलवा काठमाडैं स्टिल, माउन्टेन इनर्जी नेपाल,रोबुष्ट इनर्जी, मरुन्स ट्रेडिङका काठमाण्डू स्टील, भाटभटेनी ज्वेलर्स, द अंकल्स स्पाइसी फुड र भाटभटेनी मनी ट्रान्र्फर खोलेका छन् । ठीक उस्तै गरी चन्द्र ढकालले पनि दर्जनौं उद्योगहरु खडा गरेका छन् ।

अहिले भाटभेटनीका साहु ललिता निवासको जग्गा प्रकरणमा अहिले प्रहरी हिरासतमा पुगेका मीनबहादुर गुरुङ पक्राउ पेपछि एक दर्जन बैंकको रुवावासी शुरु भएको छ । गुरुङले बिचौलिया र मालपोतका कर्मचारीसँग मिलेमतो गरी ललिता निवासको जग्गा खरिद गरेको भेटिएको थियो । अदालतले २०७७ सालमा गुरुङसँग २ करोड धरौटी मागेको थियो। गुरुङमाथि नक्कली मोही खडा गर्न किर्ते गरेको आरोप छ । अख्तियारले गुरुङलाई ३९ करोड २७ लाख ६८ हजारको बिगो कायम गरेर मुद्दा हालेको छ ।

उक्त मुद्दा विशेष अदालतमा विचाराधीन रहँदै अहिले पक्राउ परेका हुन । यता गुरुङ पक्राउ परेपछि बैंकहरुको रुवावासी शुरु भएको छ । गुरुङको भाटभेटनीमा विभिन्न बैंकबाट अर्बाै ऋृण लिएको नेपाल राष्ट्रबैंकले जनाएको छ । जसरी मीनबहादुर गुरुङले सार्वजनिक जग्गा भेटे लगतै त् यो जग्गा कब्जा गरिहाल्थें । ठूला र अग्ला डाँडा देखे पछि कौडीको भाउमा हत्याउँदै आएका छन् चन्द्र ढकालले ।

एउटा गरिबले बैंकसँग ऋृण मागेको खण्डमा पत्याउदैन तर मीनबहादुरले पछिल्लो एक दशकमा झण्डै एक दर्जन कम्पनी खोलेर ती कम्पनीले विभिन्न बैंकबाट २७ अर्ब हाराहारी रुपैंया कर्जा लिइसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ । तिर्न अभैmं ९ अर्ब रुपैयाँ मात्रै बाँकी रहेको बताइएको छ ।

गुरुङले भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्ट स्टोरका लागि ५ अर्ब ३२ करोड ६७ लाख १५ हजार रुपैयाँ कर्जा लिएका छन् भने माउन्टेन इनर्जी नेपाल र रोबुष्ट इनर्जीका लागि ६ अर्ब २३ करोड ६२ लाख ४६ लाख रुपैयाँ कर्जा लिएका छन् । यस्तै, उनले मरुन्स ट्रेडिङका लागि १७ करोड ४२ लाख ९१ हजार रुपैयाँ, काठमाण्डू स्टीलका लागि १५ अर्ब ४५ करोड ३१ लाख ४३ हजार, भाटभटेनी ज्वेलर्सका लागि ४ करोड, द अंकल्स स्पाइसी फुडका लागि १ करोड, भाटभटेनी मनी ट्रान्र्फरका लागि २ करोड ७२ लाख रुपैयाँ, भाटभटेनी फर्निचरका लागि ५८ लाख रुपैयाँ र भाटभटेनी इन्टरनेशनलका लागि २८ करोड ४९ लाख ८८ हजार रुपैयाँ ऋण लिएका थिए । झण्डै ८ अर्ब ९३ करोड रुपैयाँ ऋण मात्रै तिर्न बाँकी रहेको हो ।

्भाटभटेनीका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाले १० अर्ब बढी कर्जा लगानी गरेको बताइन्छ । भाटभटेनीमा १२ अर्ब कर्जा लगानी गर्न स्ट्याण्डर्ड चार्टड बैंकले अगुवाइ गरेर ७ वटा बैंकबाट लगानी जुटाएको बताइन्छ । अब, गुरुङ लामो समय हिरासतमा बस्ने अवस्था आयो र भाटभटेनीको व्यवसाय ओरालो लाग्यो भने स्ट्याण्डर्ड चार्टड बैंकको अगुवाईमा लगानी भएको कर्जा के होला भन्ने पीरले बैंकहरुलाई सताउन थालेको छ ।

अहिले मीनबहादुर गुरुङले झैं चन्द्र ढकालले हात नहालेको ठाउँ छैन । रेमिटेन्स बिजनेशदेखि ब्यावसायिक यात्रा शुरु गरेका चन्द्र ढकालको समूहले बैंकिङ्ग, बीमा, केबलकार, होटेल, अनलाइन पेमेन्ट सिस्टम, टेलिभिजन सेवा प्रदायक, अटोमोवाइल्स, एयरलाइन्स, हाइड्रोपावरलगायतका सेवा क्षेत्रमा हात हालेको देखिन्छ । चन्द्रागिरीको डाँडामा केवलकार गुडाइसकेपछि अहिले ढकालको नजर पोखरा, कर्णालीको चिसापानी र धार्मिक पर्यटकीय क्षेत्र स्वर्गद्धारीमा केबलकार सञ्चाल गर्दैछ । यसरी सार्वजनिक जग्गा कब्जा गरेर केवलकार सञ्चालन गर्दै आएका चन्द्र ढकाल पनि ढिलो चाँडो अप्ठ्यारोमा पर्ने सम्भावना बढेर गएको छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *