भाग्यामानी सहसचिव भारतीलाई मन्त्रीको आर्शिवाद

राजनीति समाचार

काठमाडौं । कतिपय स्थानीय तहमा कर्मचारी जानै नमानेर रुवावासी छ । केही गर्दछु भन्ने हुटहुटी बोकेका संघीय मामिला मन्त्री अमनलाल मोदीले अझैं १४० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउन सकेका छैनन्, ती स्थानीय तह निमित्तकै भरमा चलिरहेको छ ।

चलखेलमा माहिर कर्मचारीहरु सधै आकर्षक अड्डामा काम गर्ने अवसर पाउने अनि शक्ति र पहुँच नपुग्ने कर्मचारीहरु दुर्गम भेगमै सडिरहनु पर्ने । उनीहरुले कहिले राम्रा र आकर्षक मानिने कार्यालयमा काम गर्ने अवसर नपाउने । संघीय मामिला तथा सामान्य प्रशासनमा सेटिङ मिलाएकै कारण हुनुपर्दछ एक जना कर्मचारी अधिकांश समय स्थानीय तहमै व्यतित गर्न सफल भएका छन् । यी भाग्यमानी र चमत्कारी कर्मचारी हुन्,वीरेन्द्रदेव भारती ।

अनि कति यस्ता कर्मचारीहरु पनि छन्,जो अधिकृत भएदेखि सहसचिव हुँदासम्म स्थानीय तह छोडेर अन्यन्त्र दायाँ बायाँ हुन परेको छैन । सरकारले एकै पटक २६ जना सहसचिवहरुो सरुवा गरेको छ । जसमा दुई वटा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेरफेर भएको छ । त्यसैमध्ये एक यस्ता सहसचिव छन्,जस्लाई कतिपय कर्मचारीहरु स्थानीय तहका डनका रुपमा चिन्ने गर्दछन् ।

ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका सहसचिव गणेश अर्याललको गृह मन्त्रालय अन्तरगत सरुवा भएको छ । त्यस्ता डन सहसचिव हुन वीरेन्द्रदेव भारती,जो लगातार १५ वर्षभन्दा बढी समय देखि प्रमुख प्रशासकीय अधिकृतका रुमा तर मार्दै आएका छन् । पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका सहसचिव विरेन्द्रदेवी भारतीलाई ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने उनको ठाँउमा कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामकृष्ण थापालाई जिम्मेवारी दिएको छ ।

यो प्रकरणले निजामती क्षेत्र भनेकै शक्ति र पैसा हुनेको मात्र हो भन्ने देखिएको एक जना सहसचिवले टिप्पणी गरेका हुन । अधिकृत हुँदादेखि नै भरतपुर महानगरपालिकामा काम गरेका उनी पालुङटार नगरपालिका हुँदै गोकर्णेश्वर नगरपालिका, गोदावरी नगरपालिका जस्ता आकर्षक पालिकामा काम गर्ने अवसर पाएका उनी नेपालगञ्जमा पुगे त्यहाँबाट पोखरा महानगरपालिकामा केही महिना काम गरेका उनी फेरि ललितपुर महानगरपालिका आइपुगेका हुन । गोदावरी नगरपालिकाको प्रमुख प्रशासकीय बन्नका लागि आठ लाख सामान्य प्रशासनका कर्मचारीहरुलाई बुझाएको चर्चा त्यतिखेर सामान्य प्रशासन मन्त्रालयमा खुबै चल्ने गर्दथ्यो ।

दैलेखका बासी उनी टोखाका जमिन्दार हुन । केही अघिमात्र सहसचिवमा बढुवा भएपछि समेत उनले नगरपालिका छाडेर अन्यन्त्र जानु परेको छैन । सामान्यका कर्मचारीहरुका अनुसार उनी अब सिडिओ ताक्दैछन् । दैलेखका उनका सहकर्मी र सहपाठीहरु सबै प्रमुख जिल्ला अधिकारी भइसकेका कारण उनले पनि सिडिओ ताकेका हुन भन्नेहरु पनि छन् । ५५ सालमा कृषि विकास बैंकका जागिरे भारतीले निजामती सेवामा पाइला राखेको चाहिँ ५६ सालबाट । १० बर्ष पछि उपसचिवमा उक्लिएका उनी सदैव अतिरिक्त आम्दानी हुने मालदार कार्यालयमा प्रमुख हुँदै आएका छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *