ल्यारक्याल बोक्दा माओवादीभित्र विरोध

राजनीति समाचार

काठमाडौं । मौका अनुसार राजनीतिक रंग परिवर्तन गर्ने अर्थराज्यमन्त्री पनि बनिसकेका ल्यारक्याल लामा माओवादी बनेको ११ वर्षपछि पार्टी केन्द्रीय सदस्य हुँदै लुम्बिनी विकास कोषको उपाध्यक्ष भएका छन् । मन्त्रिपरिषद्को बैठकले लामालाई गत आइतबार ५ वर्षका लागि उपाध्यक्ष बनाएको छ ।

बैंकको लकरमा हतियार र गोली राखेर विवादमा आएका लामा राजनीतिक आडमा कारबाहीबाट बच्दै आएका थिए । सिन्धुपाल्चोकबाट नागरिकता र पासपोर्ट लिएका लामा एमालेलाई ३५ लाख बुझाएर २०६४ सालमा अमृत बोहरामार्फत पार्टीमा आएका हुन् । फरक फरक नागरिकता र पासपोर्ट भएका लामा झलनाथ खनाल प्रधानमन्त्री हुँदा अर्थराज्यमन्त्री बनेका थिए । तर लामाले राज्यमन्त्री भएको १७ दिनमै पद त्याग्नुपरेको थियो । यो काण्ड पछि लामा माओवादीमा प्रवेश गरेका थिए ।

माओवादीले यस्तै विवादित व्यक्तिलाई काँध थाप्दा विवादित बन्न पुगेको छ । प्रधानमन्त्री संरक्षक, संस्कृति मन्त्री अध्यक्ष रहने कोषमा माओवादीले लामालाई उपाध्यक्ष बनाएको छ । बौद्धनाथ क्षेत्र विकासभित्र रहेको बौद्ध घ्याङ गुठीमा अवतारी लामा नियुक्त गर्दा समेत पैसाको चलखेल भएको स्रोत बताउँछ ।

बौद्धनाथ विकास समितिमा ज्ञान, क्षमता र स्थानीयमा परिचितभन्दा पनि पैसा उठाउने, नेपालबाट युवतीको व्यापार गर्ने विवादित व्यक्तिलाई घ्याङ गुठीको अवतारी लामा बनाउने काम भएको छ । नेपालको कला, संस्कृति संरक्षण भन्दा विकृति फैलाउने काम भएपछि माओवादी बद्नाम हुँदै गएको छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *