झलनाथ खनाल पछुताउँदै

राजनीति समाचार

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले बोलाए हाम फालेर एमालेमै प्रवेश गरेका नेकपा एकीकृतका वरिष्ठ नेता झलनाथ खनाललाई आफ्नो पार्टी माओवादी र कांग्रेसको पछौटे बनेकोमा पछुताउनु परेको छ । एमालेले अपनाएको जनताको बहुदलीय जनवादले चलाएको नीतिगत लुटमा समेत झलनाथ खनाल मौन थिए ।

राज्यको ढिकुटीबाट उपचार खर्च लिने झलनाथ अहिले पछुताउन थालेका छन् ।एकीकृत समाजवादीले नयाँ कार्यक्रम केही दिएको छैन । केवल संसदको रक्षा, संविधानको रक्षा र व्यवस्थाको सुदृढीकरण तत्कालीन ५ दलको एजेण्डा थियो । संविधानको रक्षा नभए व्यवस्थाको रक्षा हुन्न भन्ने ५ दलीय एजेण्डाले वर्तमान सरकार बनेको छ । सरकारलाई नक्कली भुटानी शरणार्थी, ललिता निवास र एक क्वीन्टल सुन प्रकरणले घेरेको छ । सरकारले एक पछि अर्काे प्रकरणको फाइल खोल्दा भ्रष्ट नेताहरु आत्तिएका छन् ।

नेकपा एकीकृत भत्काउन सके एमाले ठूलो र बलियो हुने सपना एमाले नेताको छ । तर पार्टी विभाजन गरेर एमालेमा खुम्चिन एकीकृत समाजवादीका नेता तयार छैनन् । त्यसैगरी, एमालेको क्रियाशील सदस्यको नवीकरण खस्किएर ४ लाखमा पुगेको छ । पछिल्लो समय एकीकृत समाजवादीबाट नेकपा एमालेमा फर्किन नेताहरुको लर्काे लागेपछि एकीकृतका वरिष्ठ भनिएका नेताहरु आफ्नो बिचल्ली हुने चिन्तामा छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *