घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहीबार घटेको सुनको मूल्य आज कारोबार साताको अन्तिम दिन पनि घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर १ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएकोमा आज पनि ५ रुपैयाँ घटेर १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *