विद्युत् प्राधिकरणमा कुलमानले जस गुमाउँदै

राजनीति समाचार

काठमाडौं । कुनै बेला नेपाल विद्युत् प्राधिकरण भन्ने बित्तिकै आमनेपालीहरु तर्सिने गर्दथे । त्यतिबेला २४ घण्टामा १९ घण्टा त लोडसेडिङ नै हुन्थ्यो । कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशक भएपछि विस्तारै लोडसेडिङ घट्दै गएको थियो । उपभोक्ताहरुले जोडेका इन्भटरहरु पनि विस्तारै पन्छाउँदै गएका थिए । उद्योगी व्यवसायीहरुले पनि डिजेलबाट चल्ने जेनेटर हटाउँदै गएका थिए । उता विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमा घिसिङले विभिन्न मन्त्रालयदेखि कलकारखाना र तराइ क्षेत्रमा हुने गरेका चुहावट रोकेपछि लगभग लोडसेडिङ सून्य जस्तै भएको थियो ।

लोडसेडिङ हट्नुका साथै नेपाल विद्युत प्राधिकरणलाई पनि फाइदामा पु¥याइएको थियो । त्योसँगै प्राधिकरणभित्र हुने गरेका विभिन्न भ्रष्टाचार पनि न्यूनिकरण गर्ने काम घिसिङले गरेका थिए । तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले नियुक्त गरेका घिसिङलाई राम्रो काम गरेर उपभोक्ता र प्राधिकरणलाई फाइदामा पु¥याएको भन्दै पछिल्लो सरकारले पनि घिसिङलाई नै निरन्तरता दिएको थियो । घिसिङले पनि सरकारले दिएको जिम्मेवारीसँगै उपभोक्ताको आशालाई मध्येनजर गरी काम गरेका थिए ।

तर, घिसिङकै कार्यकालमा पछिल्लो समय बिनासूचना पटक–पटक बत्ति झ्याप्प–झ्याप्प काटिने गर्दै आउन थालेको छ । त्यसले गर्दा कम्प्युटरमा अवरुद्ध भई कतिपय महत्वपूर्ण डकुमेन्ट, समाचार उड्ने, फाइल उड्ने, काममा ढिलासुस्ती हुने जस्ता समस्या देखिन थालेका छन् । अहिले देशैभरि बिनासूचना बत्ती जाने कारणले गर्दा अधिकांश उद्योगी, व्यवसायी र अन्य उपभोक्ता दिकदार हुन थालेका छन् । यस्तो कार्यले गर्दा घिसिङले अहिलेसम्म कमाएको जस पनि विस्तारै खच्किँदै गएको छ ।

त्यतिमात्रै होइन, उपत्यकाभित्र पर्ने भक्तपुर, ललितपुर र काठमाडौंका शाखा कार्यालयमा कार्यरत विद्युत प्राधिकरणका कर्मचारीहरुले कामसमेत गर्न छाडेका छन् । अहिले बिजुलीका तारहरु सडकभरि जताततै झुण्डिएको अवस्था छ । कतिपय ठाउँमा बिजुलीका पोलहरु पनि भासिने, ढल्ने र भाँचिने समस्याहरु त्यत्तिकै देखा पर्न थालेका छन् । त्यस्तै बिजुलीका पोलहरुमा विभिन्न इन्टरनेटका ताराहरु गोलो बनाएर राख्नाले बिजुली सर्ट भएर आगलागी हुने समस्या पनि त्यत्तिकै बढेर गएको छ ।

आगलागी भएर बत्ति गएपछि प्राधिकरणको अफिसमा फोन गर्दा, फोन नउठाउने, उठाइहाले पनि एकछिनमा आउँछौं भनेर दुई दिनसम्म टार्ने काम गरिन्छ । त्यसकारणले पनि विद्युत प्राधिकरणका निर्देशक कुलमानको इमानदारीताको पगरी दिनप्रतिदिन खस्किँदै गएको छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *