सडक सबैको हो, त्यसको संरक्षण सबैले गर्नुपर्छ

अन्तरवार्ता राजनीति

नारायणप्रसाद निहुरे, डिभिजन सडक कार्यालय, काठमाडौं
२०३५ सालमा वाग्लुङमा जन्मिएका नारायण प्रसाद निहुरे हाल डिभिजन सडक कार्यालय काठमाण्डौंका प्रमुख हुन् । तीन विषयमा डिग्री हासील गरेका उनी २०६३ सालमा इन्जिनियरिङ तहबाट निजामती सेवामा प्रवेश गरे । सडक विभाग वैदेशिक महाशाखा, सुर्खेत जुम्ला राजमार्ग, काठमाण्डौं सडक विस्तार आयोजनामा काम गरेर मूख्य भूमिका निवाृह गरे । २०७१ सालमा सिनियर डिभिजन इन्जिनियरमा नाम निकालेर नारायणघाट मुग्लिन सडक आयोजना, मध्यपहाडी राजमार्ग आयोजना दाङ, शहिद मार्ग आयोजना रोल्पा प्रमुख, मध्यपहाडी राजमार्ग दैलेख प्रमुख, मध्यपहाडी राजमार्ग धुलिखेल प्रमुख हुँदै हाल डिभिजन कार्यालय काठमाण्डौंका प्रमुख छन् । उनी जहाँ जान्छन् त्यहाँ सुधार गरेरै छाड्छन् । उनै डिभिजन प्रमुखसँग विभिन्न सेरोफेरोमा तामाकोशी सन्देश साप्ताहिकको प्रतिनिधिले गरेको कुराकानकिो अंशः

० तपाईले डिभिजन कार्यालय काठमाण्डौंको नेतृत्व गरेपछि भएका सुधारहरु के के हुन् ?
विभिन्न सडकहरुको मर्मत, सम्भार र विस्तार गर्ने । सडक डिभिजन भन्ने वितिकै सडक मर्मतको लागि राखिएको हुन्छ । हाम्रो विशेष फोकस भनेको भइरहेको, बनिसकेका सडकहरुको मर्मत सम्भार हुन्छ । त्यस्तै विभिन्न राजमार्गहरुको विस्तार सुधार र स्तर उन्नती गर्नु हो । डिभिजन सडक भित्र रहेका अन्य सडकहरुको मर्मत तथा सम्भार गर्नु हो । हामीले नियमित रुपमा गर्नुपर्ने कामहरु गरिराखेका छौं । विशेष गरि सडक डिभिजन काठमाण्डौंमा रहेका सडकहरु मर्मत भएर अहिले मुहार फेरेको छ । म काठमाण्डौंका सबै सडकको बारेमा त भन्न सक्दिन । साना र भित्री सडकहरुमा त्यस्तो देखिन्छ ।

ती सबै सडक डिभिजन काठमाण्डौंको जिम्मेबारमा नरहेको सडक हुन् । सडक १२ महिना भरी नै मर्मत भइरहन्छ । नियमित मर्मत, पटक÷पटक मर्मत, आवधिक मर्मत, पुनः स्थापना, आकस्मित मर्मत गर्ने जिम्मेवारी हामीमा पर्दछ । राजधानीसँग जोडिएका विभिन्न सडकहरु छन् । हेटौंडा जाने थानकोट–चित्लाङ सडक, दक्षिणकाली–फर्फिङ हुदै हेटौंटा, सितापाइला धार्के हुदै धादिङ सडक, बालाजु मुड्खु हुदै नुवाकोट जाने सडक, सामाखुसी टोखा हुदैं नुवाकोट जाने सडक यी सबैले राजधानी जोड्छ । यी सवैलाई स्तरउन्नती गर्ने र सुधार गर्ने हाम्रो जिम्मेवारमा पर्दर्छ । गएको आर्थिक वर्षमा साखु जर्सिङपैवा सडक पिज थिएन् मेरो कार्यकालमा पिज भएर सकिन लागेको छ ।

टोखा गुरुजुभञ्ज्याङको विभिन्न ठाउँहरुमा ढलानहरु भएका छन् । बालाजु रानीपौवाको सडकमा सुधार भएको छ । दक्षिणकालिन चोभार हुदै हेटौंडा जाने सडक अत्यान्तै जिर्ण अवस्थामा थियो त्यसको धेरै सुधार भएको छ । थानकोट चित्लाङ सडकमा धेरै कामहरु भएको छ । आफूले गरेका महत्वपूर्ण कामहरु जुन जनसरोकार, संचारकर्मीको सरोकार रहन्छ र सरकारको सरोकार रहन्छ त्यसलाई हामीले हरेक महिना सार्वजनिक गर्दछौं । यो प्रचलन पहिले थिएन् । सडक डिभिजन काठमाडौँले सडकहरूलाई खाल्डाखुल्डी रहित बनाउने अभियानलाई तीब्रता दिएको छ ।

यस डिभिजनको जिम्मेवारीमा रहेका सडकहरूमा रहेका खाल्डाखुल्डी पुर्ने अभियान स्वरूप डिभिजनले काठमाडौँको नयाँ वानेश्वर–पुरानो वानेश्वर–गौशाला–मित्रपार्क, डिल्लीबजार–बालुवाटार–विशालनगर, सामाखुशी–महाराजगञ्ज–चप्पलकारखाना (रिंगरोड), बालाजु चोक–प्रहरी चौकी, कोटेश्वर, नागपोखरी–नक्शाल लगायतका ठाउँमा खाल्डाखुल्डी पुर्ने काम गरेको छ ।हामीले नारायणगोपाल चोक–बाँसबारी–मंडीखाटार, वानेश्वर–थापागाउँ हनुमानस्थान, त्रिपुरेश्वर,दरबारमार्ग–लाजिम्पाट, सानोगौचरण–कलोपुल–लामपोखरी–गणेशस्थान, लैनचौर–सोह्रखुट्टे लगायतका सडक खण्डहरुमा रहेका खाल्डाखुल्डीहरू मौसमानुकूल पिच गर्ने कार्य गरिरहेका छौं ।

काठमाण्डौंमा जिल्ला करिव २५ सय किलोमिटर हाराहारी सडक छ जसमा ४ सय किलोमिटर मात्र हाम्रो कार्यक्षेत्र भित्र पर्दछ । धेरै जसो भित्रीसडक, साना सडकहरु स्थानिय तहको निकायमा पर्दछ । हाम्रो अर्को महत्वपूर्ण काम भनेको सडक निर्माण गर्नु मात्र नभइ त्यसको मर्मत गर्ने, सडक प्रयोगकर्ताको लागि सडक सुरक्षित गर्ने काम गर्छै ।जस्तो यस डिभिजनको जिम्मेवारी अन्तर्गत रहेका सडक खण्डहरुमा सडक पेन्ट गर्ने, सडक सुरक्षा सम्बन्धि संकेत÷चिन्ह तथा गैन्ट्री पोस्टहरु मर्मत सम्भार गरी पुनःस्थापना गर्ने लगायतका कार्यहरू गरेका छौं ।

कोटेश्वर जडिबुटी सडकको बायाँ सर्भिस लेनको जडिबुटी चोकमा रहेको अनाधिकृत संरचनाको कारण दशकौंदेखि विस्तार हुन नसकेको काठमाण्डौं महानगरसँगको समन्वयमा उक्त संरचना हटाइएका छौं । जडिबुटी चोकको बायाँ सर्भिस लेनको विस्तार कार्य सम्पन्न भएको छ । आ.व. २०७२÷७३ देखि विस्तार शुरु भएतापनि लामो समय देखि निर्माण कार्य सम्पन्न हुन नसकेको आकाशेधारा–राममन्दिर (कपन) सडकखण्ड सडक डिभिजन काठमाडौंको पटक पटकको अनवरत प्रयास पछि निर्माण कार्य सप्पन्न गर्न भई हाल कालोपत्रे गर्ने कार्य भइरहेको छ ।

विगत लामो समय देखि हुन नसकेका कामहरु सम्पन्न भएका छन् जस्तै मनोहरा, कपनको ८ किलोमिटर सडल ७ बर्ष देखिथला परेको सडको अगिल्लो आथिृक बर्षमा सम्पन्न भयो । धेरै लामो समयदेखि सवारी आवागमनमा कठिनाई भैरहेको चोभार–दक्षिणकाली सडकको चोभार–टौदह खण्ड (करीब १.३० कि. मी.) सडक अस्फाल्ट कालोपत्रे सहित सडक मर्मत भएको छ । अनामनगरको पुल, घट्टेकुलोको पुल लामो समय देखि सम्पन्न हुन सकेको थिएन् ती पुरा भएका छन् ।

० सडक निर्माण गर्न ठेक्का लगाउने तर अनुगमन चाहीँ फितलो हुने गरेको गुनासो छ नि ?
डिभिजन सडक कार्यालयले नियमिति रुपमा सडकको अनुगमन गर्ने गरेको छ ।सडकहरुमा हाम्रो इन्जिनीयरहरुबाट नियमित रुपमा अनुगमन भइरहेको छ । थोरै जनशक्ति भएको कारण सबै सडकको अनुगमन गर्न अलि गाह्रो भएको थियो । अहिले प्रदेश र स्थानीय तहमा अधिकार गएको हुँदा विभागलाई समस्या हुँदैन । अब झन अनुगमन गर्ने कार्यलाई बढाउछौ । सडक गुणस्तरीय बनाउने विषयमा त कुनै शकां नै भएन नि । सडक निर्माण भएलगत्तै मेन्टेन्स गर्न सुरु गर्नुपर्छ । नियमित रुपमा मेन्टिनेस गर्दा नै सडकको अवस्थालाई राम्रो राख्न सकिन्छ । सडक राम्रो बनाउन हामी सक्षम पनि छौं । आवश्यक बजेट भएको अवस्थामा सडकको संरचना जोगाउन सकिन्छ ।

० कुनै पनि निर्माण व्यवसायीको क्षमता हेरिँदैन । एउटै कम्पनीले धेरै ठेक्का लिने र ‘मोबिलाइजेसन’ खर्च लिएर कामै नगर्ने प्रवृत्ति छ ।तर, ती कामै नगर्ने व्यवसायी भने पुरस्कृत हुन्छन्, किन ?

यो सार्वजनिक ठेक्का हो । सार्वजनिक रकम हो । पब्लिकको पैसा हो । कम कबोल गर्नेलाई दिँदा राज्यलाई फाइदा हुने एउटा मान्यता हो । प्रतिष्पर्धा गराइसकेपछि थोरै अंक कबोल गर्नेलाई दिनुपर्ने नै हुन्छ । प्रतिष्पर्धा पनि गर्ने अनि त्योभन्दा माथिकोलाई दिने भन्ने मिल्दैन । यहाँले भन्नु भएको जस्तै ‘कन्ट्याक्टर’को क्षमता राम्रोसँग हेर्ने कुरामा स्पष्ट कानुन थिएन । नियमावलीमा ‘कन्ट्रयाक्टर’को क्षमता हेरेर मात्रै दिनुपर्ने उल्लेख भएकाले अब त्यो समस्या दोहोरिँदैन । अब उनीहरूको ‘क्यापसिटी’ हेरिन्छ । उनीहरूको काम भइरहेको, तर सम्पन्न नभएको अंक घटाएर ठेक्का दिइन्छ । जम्मा क्षमता कति हो हेरिन्छ ।

‘बिड’ नाघ्नेलाई पहिल्यै हटाइन्छ । जस्तो उदाहरणका लागि कुनै कम्पनीको ‘बिड क्यापासिटी’ रु. एक अर्बको छ भने उसले ७ अर्बभन्दा बढी काम पहिले नै लिएको छ भने थप काम पाउने छैन । सात गुणासम्म मात्रै पाउने भन्ने व्यवस्था नियमावलीले गरेको छ । उनीहरूले आफूले कुन–कुन काम लिएको छ र तीनको अवस्था के छ भनेर त्यसको विवरण ‘इबिड’मा नै भर्नुपर्ने छ । यदि, त्यो विवरण झुठो भरिएको ठहरिएमा कम्पनीलाई कारबाही हुन्छ । हामीसँग सबै देश भरिएको रेकर्ड नहुन सक्छ । कसको कहाँ, कति ठेक्का छ भनेर । किनभने उनीहरूले विभिन्न सरकारी अड्डाहरूबाट काम लिएको हुन सक्छ । एकीकृत सूचना प्रणाली विकास भइसकेका छैन । त्यो सिस्टम बन्नका लागि अझैँ केहि वर्ष लाग्छ । अहिले तत्कालका लागि उनीहरूले नै भर्नुपर्छ । उनीहरूसँग अर्को प्रतिस्पर्धी पनि हुन्छ नी । उसले उजुरी गर्छ । उजुरी सही ठहरिए झुठ्ठा विवरण दिने कम्पनीलाई कारबाही हुन्छ । ठेक्काबाट बाहिर राखिन्छ ।

० सडकलाई सुरक्षित र व्यवस्थित गर्न के गर्नुपर्छ ?
सडक भनेको लाइफ लाइन हो । सडक भत्किएपछि सबै कुरा डामाडोल हुन्छ । एम्बुलेन्सदेखि लिएर यात्रुहरू सबैलाई बाधा पर्छ । सडक सबै जनताको हो भन्ने कुरा जबसम्म सबैले बुभ्नुहुन्न, तबसम्म सरकारले सडकमा जति लगानी गरे पनि बालुवामा पानीजस्तै हुन्छ । हरेक नागरिकहरूले आफ्नो घरको फोहोर सबै सडकमा फ्याँक्ने र थुपार्ने गलत बानी त्याग्नुपर्छ । सडकमा फोहोर फ्याँक्दा फोहोरबाट एसिड बन्छ र त्यसले बिटुमिन खान्छ । सबैले बुझेर सडक मेरो पनि हो भन्ने बुझ्नु जरुरी छ । कार्यालयको प्रयासले मात्र सडकको स्वरुप जोगाउन गाह्रो छ । नागरिकहरूले तिरेको करबाट निर्माण भएको सडकलाई राम्रो बनाउने दायित्व र कर्तव्य नागरिकहरू पनि छ । हामीले गर्नुपर्ने काम त गरी नै हाल्छौँ ।

० सडक भरखर कालोपत्रे भएको हुन्छ, भोलिपल्ट विजुली, ढल आदिले खन्छन्, किन यसलाई रोक्न कुनै समन्वय हुन्न ?
एउटा सडकमा एउटै निकायले काम गर्ने भएको भए यस्ता समस्या देखिदैन् । हाम्रोमा के छ भने विभिन्न निकायले काम गर्नु पर्ने त्यो पनि एउटै स्थानमा । सडलले बनाउने काम त भयो नै त्यही ठाउँमा विजुली, पानी, ढल, टेलिकम फाइबर त्यहि राख्नु पर्ने छ । सानो सडक छ त्यसमा यी सबैको प्रयोग गर्नुपर्ने अवस्था छ । यसको लागि १० थरी निकायले काम गर्नु पर्ने छ । चार तिर छरिएको निकायहरुले एउटै स्थानमा काम गर्दा उस्तो परीणम आएको हो । पछिल्लो समय हामीहरु सबैसँग समन्वय गरेर अगाडी बढेको अवस्था छ ।

० सडक बनेलगतै भत्कन र उप्किन सुरु हुन्छ, किन ?
सडक बन्नु भन्दा अगाडी विभाग अथवा डिभिजन कार्यालयसँग सम्झौता भएको हुन्छ । हामीले दिएको स्ट्यान्डर अनुसार उनीहरुले काम गर्दछ । कहिलेकही काम गर्दा केही त्रुटी हुन पनि सक्छ । सडक बने पछि त्यो सडकको पिज काटेर हामीले टेस्ट गर्नु पर्छ । गुणस्तर पुगेन भने त्यसको लागि भुक्तानी हुदैन् । भित्री संरचनाको कारण पनि पिज भए लगतै भत्किन्छ । सयौं बर्ष अगाडीको सडक भित्र ढलहरु वगिरहेका हुन्छन् । त्यहि माथी सडक बनाउँदा कहिलेकही भत्कन्छ ।

यसमा गुणस्तर नभएर होइन कि भित्री संरचनाको जिर्ण रहेको कारण हो । अर्को हाम्रोमा प्रविती कस्तो छ भने रिसको कारणले भोलिपल्टै उप्काउने प्रविती बढेको छ । उप्काउने र भत्काउने हो भने सबै भत्किन्छ र फुट्छ नी । पिज सेट हुन् समय लाग्छ । घरको ढलान गरेर तुरुन्तै टेवा निकाल्यो भने त भत्की हाल्छ नी । त्यसलाई के ढलान गतिलोसँग गरेन भन्ने ? २८ दिन राख्ने भनेको त्यो सेटको लागि हो । टेस्ट गर्नको लागि पनि २४ घण्टा भन्दा अगाडी मिल्दैन् । मिडियाहरुमा आइरहेको हुन्छ कि पहिरोले सडक भत्कायोे, बढीले पुल बगायो भनेर । त्यसमा दोस दिइन्छ प्राविधी र ठेकेदारलाई । बाढी, पहिरो त प्राविधिक र ठेकेदारले थेग्ने त होइन् होला ?
(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *