शेखर पक्षलाई फकाउँदै अध्यक्ष ओली

राजनीति समाचार

काठमाडौं । आफ्नै कारण राजनीतिक दलदलमा फस्दै गएका एमाले अध्यक्ष केपी ओली सरकार ढाल्नको लागि तुरुप लिएर सट्टेबाजीको खेलमा छन् । ओलीलाई सरकार पक्ष भित्रै भाँडभैलो चर्काउँदा सरकार कमजोर हुने विश्वास हुनसक्छ । तर एमालेकै पछि लाग्दै आएका रास्वपा र राप्रपाले समेत ओलीलाई साथ दिने सम्भावना कम छ ।

कांग्रेसका महामन्त्रीगगन थापाको स्वभाव बुझेका केपी ओलीले प्रधानमन्त्री दिने आश्वासन दिएको कुरालाई कांग्रसको संस्थापन भित्र मात्र होइन डा.शेखर कोइरालाले समेत चासो दिएनन् । गगन थापा आफ्नै निर्वाचन क्षेत्र कपन सरस्वती नगरमा जान सकेका छैनन् । भूमाफियाले खोलालाई नाली र ढल बनाएर सार्वजनिक जमिन कब्जा गर्दा दर्शक बनेका कांग्रेस र एमाले भूमाफियाको पैसामा राजनीति गरेकै थिए ।

कांग्रेसले अन्र्तपार्टी संघर्ष चर्काएको छ । डा. सुनिल शर्माजस्ता मेडिकल माफिया डा.शेखर कोइराला समूहको खम्बा हुन् । शर्माको लुट र स्वार्थका लागि जोसुकैसँग मिल्नसक्ने क्षमता राख्छन् । सत्तापक्षकै सांसद सरकारविरुद्धको आक्रमण गरिरहेको छ । अर्थमन्त्री र गृहमन्त्रीको विरोध एमालेले गरेको छ ।

एमाले अध्यक्ष केपी ओली आफु असफल भएकोतर्फ सचेत छैनन् । संसद अवरोध गर्नेभन्दा अरु काम भएको छैन । जनताको पिडा संसदमा प्रवेश गर्न नदिने, संघीय संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई स्वतन्त्रपूर्वक कानूनसम्मत चल्न नदिने भएकै कारण बद्नाम भएको छ । ओलीको अनेक फण्डाको कारण कांग्रेस डगमगाएको छैन ।

गगनका कारण मेडिकल माफिया डा.सुनिल शर्माले सांसद पाएपनि भाद्र २ मा बस्ने केन्द्रीय समितिको बैठकमा सरकारको भण्डाफोर गर्दा आफ्नै पार्टीका मन्त्री को को घानमा पर्लान् पर्खनैपर्छ । सरकारले जनताको काम गर्न ढिलाई गरिरहेको छ । पार्टी विस्तार गर्ने एजेण्डामा भने कांग्रेस कमजोर बनेको छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *