अख्तियारको नाम लिँदै ठग्दै

राजनीति समाचार

काठमाडौं । आफै गैरसंवैधानिक नियुक्ति लिँदा डा.आरजु देउवालाई ३ करोड बुझाएका पूर्व प्रहरी एआईजी एवं अख्तियारका आयुक्त जयबहादुर चन्दले नेपाल टेलिकम र नागरिक उडड्यन प्राधिकरणका कार्यकारीहरुसँग पैसा खाएर ती भ्रष्टका विरुद्ध अख्तियारमा परेको उजुरी दबाउने भएका छन् । प्रहरीमा हुँदा खान र खुवाउन सिपालु चन्द बैतडीबासी हुन् ।

नेपाल टेलिकमको भ्रष्टाचारमा सुनिल पौडेल सक्रिय छन् । उनले नेपाल टेलिकम ध्वस्त बनाएको आरोप छ । पौडेल एमालेको कार्यकालमा गोकुल बास्कोटा निकट मानिन्थे । उनले नेशनल पेमेन्ट गेटवेमा भएको अनियमिततालाई अख्तियारले होइन भन्न सक्दैनन् । पैसा र पहुँचको मुद्दा कमजोर बनाउन सकेपनि भ्रष्टाचार भ्रष्टाचार नै हुन्छ । एण्डीसियल प्वाइन्टको बोलपत्रमै अन्य कम्पनी प्रवेश गर्न नदिनु भनेको भ्रष्टाचारको सुरुवात मात्र होइन, त्यही कम्पनीले सेवा विस्तार गरेको फोरजी एनसेलले गुणस्तरी टेलिकमको गुणस्तरहीन कसरी भयो । अख्तियार त्यसतर्फ गएकै छैन ।

कम्पनी चीनको प्रतिस्पर्धा गर्ने हङकङबाट त्यसैमा कैफियत छ । जुन कम्पनी अमेकिरामा प्रतिबन्ध छ । २०२१÷०२३ मा यो बोलपत्र रद्द भएको थियो । त्यो बेला अन्य तीन कम्पनीलाई प्रतिस्पर्धामा भाग लिन दिइएन । त्यो समयमा गोकुल बास्कोटाको योजनामा मुद्रणमा विकल, टेलिकममा सुनिल भित्र्याइएका हुन् ।

अहिले पैसाले छानबिन समेत अलमल बनाएको छ । कांग्रेसको कार्यकालमा नियुक्ति भएपनि एमालेका गोकुल बास्कोटाले बनाएको योजनाअनुसार भर्ति भएका सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल अख्तियारबाट डामिएका छन् । उनको मुद्दा विशेष अदालतमा छ । उनकै टिमका सुनिल पौडेल चीनको हुवावे कम्पनीलाई मिल्ने गरी टेलिकममा ठेक्का सम्झौता गर्दा विवादमा छन् ।

फोरजीको नाममा हुवावे कम्पनीलाई काम दिएर टेलिकमको गुणस्तर खस्कँदो थियो । निजी कम्पनीको एनसेल आकासिँदो बनाइएको छ । टेलिकमका इन्जीनियरहरु सरकारी स्वामित्वको टेलिकमको गुणस्तर घटाएर एनसेलसँग पैसा उठाउने गरेका छन् । कार्यकारी निर्देशक बनेर सुनिल पौडेल भ्रष्ट हुँदा सेवा गुणस्तर छैन । पौडेललाई पोइन्ट अफ इन्टरकनेक्ट सिस्टमलाई १ अर्ब भुक्तानी दिएर ११ करोड पचाउन खोज्दा जालमा परेको हेक्का कति छ ? उनले त्यो ख्याल गरेका छैनन् ।

फोरजी सेवाका लागि कम्युनिकेशन सर्भिस इन्टरनेशनलले पाएको ठेक्का पनि विवादमै थियो । टेलिकमको सेवामा गुणस्तरीयता छैन । विकल पौडेल र सुनिलको गिरोहले दूरसंचार क्षेत्रलाई बद्नाम गराउँदैछ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *