एमालेकै कारण सभामुख विवादित बन्दै

राजनीति समाचार

काठमाडौं । नेपालका राजनीतिक दलभित्र एकापसमा मनमुटाव बढ्दै गएपछि संसद्मा सभामुखको भूमिकाप्रति प्रश्न उठ्न थालेको छ । सभामुख देवराज घिमिरेले नियमपूर्वक संसद् चलाउन नसकेको भन्दै उनको भूमिकामाथि शंका उब्जिएको हो । एमाले नेता देवराज सभामुखमा निर्वाचित भएर पहिलो पटक संसद सञ्चालन गर्दा उनीप्रति अधिकांश सांसदहरुले शंका गरेका थिए । त्यो अहिले आएर प्रमाणित भएको अधिकांश सांसद्हरुको भनाइ छ ।

त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख घिमिरेले नियमविपरीत संसद् चलाएको आरोप लगाएका छन् । त्यस्तै माओवादी केन्द्रका सचेतक हितराज पाण्डेले पनि सभामुख घिमिरेको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् । पाण्डेले सभामुख घिमिरेको भूमिकामा प्रश्न उठाउँदै भनेका छन्, ‘संसद नियमावलीविपरीत संसद् बैठक चलाउनुभयो, सुन्न मन लागेका कुरा सुनेर योजनाबद्ध तरिकाले बन्द गर्नुभयो’ । सभामुखको यस्तो भूमिकाले सत्तापक्ष र प्रतिपक्षी सांसद्बीचको लडाइँले झन् बढ्दै गएको छ ।

त्यसले सभामुखसमेत विवादमा तानिँदै आएका छन् । प्रतिपक्षी दल एमाले सुनकाण्डको विषयमा आफ्ना कुरा राख्ने अनि सत्तापक्षले त्यसको जवाफ दिने बेलामा संसद अवरुद्ध गर्ने अनि सभामुखले संसद् स्थगित गर्ने काम लामो समयदेखि भइरहेको छ । सभामुखको यस्तो क्रियाकलप देखेपछि सत्तापक्ष दल नेपाली कांग्रेस, माओवादी केन्द्र र प्रतिपक्षी दल रास्वपाले प्रश्न उठाउन थालेका छन् ।
(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *