माओवादीका यी भ्रष्ट जोगिएलान् ?

अर्थ/वाणिज्य समाचार

काठमाडौं । सरकारले साँच्चै कडिकडाउ गर्दा आफ्नो घुनपुत्ला जोगाउनु हुँदैन । नाम नलिए पनि पार्टी केन्द्रको बैठकमा धनार्जन शर्मा (जनार्दन), धनवर्षा पुन (वर्षमान), धन आर्जन शर्मा (दिनानाथ), सुन शर्मा (देवेन्द्र), सुन बस्नेत (शक्ति) जस्ताको तेजोबध गरिएकै हो । पदको गरिमा नराखी रक्सीको बोत्तल च्यापेर रोशनी शाहीसम्म पुग्ने कृष्णबहादुर महरा त चुनावकै बेलाबाट थन्किएका हुन् ।

महरालाई चिनियाँ दूतको रुपमा पार्टीमा लिइन्छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यहरुको तुजुक भनेकै महरा हुन् । महराले आचार्यको जिम्मा लिएर आचार्यकी श्रीमतीलाई पार्टी पुस्तकालयमा जागिर दिलाएर मोहन बैद्यबाट पार्टी विभाजनको बेला संस्थापन तर्फ ल्याएका हुन् । स्वार्थका लागि माओवादी पत्रकार कित गिर्छन् भन्ने यो नमुना हो । जोखबहादुर महरा अहिले लुम्बिनी प्रदेशको सांसद बनेका छन् । उनी कृष्ण महराका भाई नै हुन् ।

वैद्यलाई छोडेर संस्थापनमा आउँदा प्रचण्डको पीए बन्न पाए । अध्यक्षलाई जोकोहीले भेट्न खोज्दा जोखबहादुरको जोखनामा भर पर्नुपथ्र्याे । पैसा दिए भेट गराउन नदिनेलाई समय नमिलाउने गरेपछि जोखबहादुरलाई धर्नाजन शर्माले माओवादीको मारवाडी भन्ने गर्थे । अहिले मारवाडीको पद लुम्बिनी प्रदेशमा कृष्णध्वज खड्कातिर सरेको छ ।

श्रीमती रेखा शर्माले संचार मन्त्रालय हाँकेकै छिन् । श्रीमान्को सिफारिसमा दूरसंचार प्राधिकरणमा नियुक्ति भएको छ । दाङ २ बाट निर्वाचित शर्मा पनि पार्टीमा कृष्णबहादुर महराकै प्यानल अरुको कारबाही के हुन्छ, महरा भेप काण्डमा तानिने छन् । दिनानाथ शर्माको लुट डा.बाबुरामको शासनकालमा चरम थियो । विद्यार्थी नेता हिमाल शर्माले रमेश मल्ललाई दिनानाथको पिए पठाए । छोरी कल्पना शर्मा, छोरा साजन शर्माको काम शिक्षामन्त्रीको कोटामा मेडिकल कलेजहरुबाट दुई जना विद्यार्थी भर्नाको पैसा कबोल गर्ने, सिटीईभिटीबाट दिइने सम्बन्धनबाट उठाउने नै थियो । त्यही पैसाले सामाखुसीमा दुईवटा टावर बनेका हुन् ।

मधेशका नेतामा भ्रष्ट रेणु यादव, राजेन्द्र महतोको नाम लिँदा पहाडे नेतामा माओवादीका दिनानाथ शर्मा, जनार्दन शर्मा, वर्षमान र शक्ति बस्नेतको लिइन्छ । यिनले गरेको लुटले पार्टी बद्नाम छ । जनयुद्धको बेला शक्तिले १९ किलो, देवेन्द्रले ९ किलो सुन गायब बनाएका हुन् । यी दुबैले बैंक लुट्दा सुन हात परेको हो । गण्डक क्षेत्रमा देवेन्द्र, राप्ती क्षेत्रमा शक्ति बस्नेतलाई अझै सुन बस्नेत, सुन शर्मा भनिन्छ ।

भ्रष्ट माओवादीमै छन् । माओवादी नेताले जोडेको घर, गाडी र सन्तानको बन्दोबस्ती छानबिन होस् त दिनानाथले पार्टी छाड्ने छन् । प्रचण्डलाई धम्क्याएर पैसा झार्ने कला दिनानाथमा छ । उनले मोहन वैद्यतिर लाग्छु भनेर पनि पैसा खाए । पार्टीको नाममा म्यानपावर कम्पनीबाट पैसा उठाए । अहिले ७८÷७९ वर्षको उमेरमा माओवादीका एक दर्जन सचिवमा उनी पनि सचिव नै छन् । माओवादी बैठकमा भ्रष्टका विरुद्ध चर्का कुरा त उठे तर सबै भ्रष्ट कारबाहीमा पर्ने सम्भावना कम छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *