टेलिकमको भ्रष्टाचारमा राष्ट्रपतिको मलजल

अर्थ/वाणिज्य समाचार

काठमाडौं । यतिखेर जताततै भ्रष्टाचार र अनियमितताले सिमा नाघेको छ । यस्ता घटनामा राजनीतिक दलका शीर्ष नेताहरु बद्नाम हुँदै गएका छन् । राजनीतिक दलका शीर्ष नेता बद्नाम भएसँगै सबै पार्टीका कार्यकर्तामा निराशा छाएको छ । पार्टीका शीर्ष नेताहरुले विभिन्न अपाराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पैसा र पावरको आडमा जोगाउने काम गरिराख्दा इमानदार नेता कार्यकर्ता निराश हुँदै गएका हुन् । नेपाल टेलिकमभित्रको भ्रष्टाचार काण्डले उग्ररुप लिएको छ ।

टेलिकमभित्र बिलिङ मेसिन खरिद काण्डदेखि विभिन्न भ्रष्टाचारको आरोप खेपिरहेका प्रवन्ध निर्देशक सुनिल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही अगाडि बढाउन लाग्दा राष्ट्रपति रामचन्द्र पौडेलको हस्तक्षेपको कारण फाइल अगाडि बढाउन सकेको छैन । अख्तियारले अनुसन्धान पुरा गरे तापनि कारबाहीको लागि पौडेलको फाइल अगाडि बढाउन सकेको छैन । अख्तियारले पौडेलको भ्रष्टाचारको फाइल अगाडि बढाउँदा आफू पनि फसिने डरले अख्तियारका कर्मचारीहरु पनि भागाभागको स्थितिमा छन् ।

टेलिकमका प्रवन्ध निर्देशक पौडेलले आफ्नो सीमित घेराभित्र कर्मचारी राखेर मनोमानी ढंगले काम गरिराखेका छन् । यतिबेला टेलिकमभित्र व्यापक भ्रष्टाचार र अनियमितता भएको बताइन्छ । टेलिकमका कतिपय कर्मचारीहरुले त पौडेलको रवैया देखेर कामै गर्न छाडिसकेका छन् । पौडेलको मिसनमा काम गर्दा कतिबेला कहाँ गएर फसिने हो भनेर कर्मचारीहरु काम गर्न हिचकिचाएका छन् । त्यस्तै टेलिकमभित्र विगत लामो समयदेखि प्रवन्ध निर्देशक पौडेलले कर्मचारी मिटिङसमेत राख्न सकेका छैनन् ।

टेलिकमको गुणस्तर र विश्वास दिनप्रतिदिन गुम्दै गएको छ । कुनैबेला नेपाल टेलिकम भनेपछि अधिकांश सेवाग्रहरीहरुले भरपर्दो र विश्वासिलो दूरसञ्चार सेवाप्रदायक संस्था भनेर मान्ने गरेका थिए । टेलिकमले सरकारलाई राजश्व पनि सबैभन्दा बढी बुझाउने गरेको थियो । अहिले आएर टेलिकमको आम्दानी दिनप्रतिदिन घट्दै गएको र सरकारलाई तिर्नुपर्ने राजश्व पनि कम तिर्ने गरेको बताइन्छ । (तामाकोशीसन्देशबाट)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *