देउवालाई प्रधानमन्त्री बन्न हतार, गृहमन्त्रीमाथि प्रश्नचिन्ह खडा !

राजनीति समाचार

काठमाडौं । राजनीतिक दलहरुले एकले अर्काको उछितो काड्नेबाहेक जनताको आवश्यकता र विकास निर्माणको काममा माखो मारेका छैनन् । यो सरकार बनेको पनि ९ महिना लागिसकेको छ । सरकारले भ्रष्टाचारलाई निमिट्यान्न पार्ने भन्दै गर्दा राजनीतिक दलहरुकै कारण सोे मुद्दा ओझेलमा पर्दै गएको छ ।

गठबन्धन सरकारले भ्रष्टाचारको फाइल खोलेपनि राजनीतिक हस्तक्षेपका कारण त्यसले सार्थकता पाउन सकेको छैन । अहिलेका मन्त्रीमध्ये गृहमन्त्री नारायणकाजी श्रेष्ठले केही काम गर्न खोजे तापनि आन्तरिक खिचातानीका कारण ओझेलमा पार्दै लगिएको छ । गृहमन्त्रालय अन्तर्गतको सीआईबीले अनियमितताका विभिन्न प्रकरणको छानविन गरिरहँदा राजनीतिक हस्तक्षेपकै कारण अलपत्र परेको छ । त्योसँगै सार्वजनिक जग्गा हिनामिनाको छानविन पनि ओझेलमा पार्दै लगिएको छ ।

अन्य मन्त्रीहरुले त कामै गर्न खोजेका छैनन् । आगामी दिनमा पनि यो सरकारमा रहेका मन्त्रीहरुले खासै काम गर्न सक्ने छाँट देखिँदैन । मन्त्रीहरु बरु उल्टै विचौलिया र माफियाहरुसँग मिलेको देखिन्छ । त्यसकारणले गर्दा पनि सरकारले काम गर्ने अवस्था देखिँदैन । गृहमा केही काम गर्न खोजेका नाराणकाजी श्रेष्ठलाई उल्टै ढिलोचाँडो गृहमन्त्रीबाट हटाए परराष्ट्रमा पठाउने योजना भइरहेको बुझिएको छ । त्यसपछि नारायणकाजीको ठाउँमा अहिलेका परराष्ट्र मन्त्री एनपी साउदलाई गृहमा ल्याउने खेलोफड्को भइरहेको बताइन्छ । तर, त्यो खेलोमेलोले कत्तिको सार्थकता पाउने हो एकिन भइसकेको छैन ।

उता, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिपक्षी दल एमालेसँग नजिक भए तापनि अहिले दुवै पार्टी सत्तागठबन्धनसँग नजिकिँदै गएका छन । यसरी सत्तापक्षलाई समर्थन गर्न थाल्नु भनेको सरकारमा सहभागी हुने सम्भावना पनि देखिन्छ । त्यसरकाण अहिले नै गृहमन्त्री र परराष्ट्रमन्त्री साटफेर नहुन पनि सक्छन् । उता सरकारले रास्वपा र राप्रपालाई सरकारमा ल्याउने कसरत पनि गरिरहेको छ । त्यसो हुँदा यो सरकारले काम गर्ने भन्दा पनि सत्ता टिकाउनको लागि जस्तोसुकै खेलोफड्को पछिनपर्ने बुझिन्छ । अहिले सरकारपक्ष र प्रतिपक्षीबीच रास्वपा र राप्रपालाई कसले रिझाउने भनेर होडवाजी चलिरहेको छ ।

त्यसकारणले पनि विकास निर्माणको कामदेखि सर्वसाधारण कामसमेत ओझेलमा परेको छ । सरकारकै कारणले कतिपय भ्रष्टाचारका मुद्दाहरु पनि सामसुम पार्ने खेल हुँदै छ । सरकारकै साझेदार दल नेपाली कांग्रेसले यस्ता भ्रष्टाचारका मुद्दाहरुलाई ओझेलमा पार्न ढाकछोप गरिरहेको छ । उता, प्रधानमन्त्री प्रचण्डलाई पनि सत्तागठबन्धनकै दलहरुले विरोध गरेपछि काम गर्न अप्ठ्यारो परिरहेको छ ।

उता प्रतिपक्षी दल एमालेले भने जसरी हुन्छ यो गठबन्धनलाई टुटाएर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन दाउपेच रचिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले भनेको काम प्रधानमन्त्रीले नमानेमा जतिबेला पनि सत्ता परिवर्तन हुने संकेत दिन थालेका छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *