सशस्त्रमा भयो गृहको हस्तक्षेप

राजनीति समाचार

काठमाडौं । सशस्त्र प्रहरी बल भित्र उसैको कानून चल्न दिने बताएका उपप्रम तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरकिा बद्नाम डिआईजी अमिकुमार खत्रीलाई लुम्बिनी प्रदेशको विन्धबासिनी वाहिनीको प्रमुखमा सरुवा गर्दा हस्तक्षेप गरेका छन् । कार्यक्षमतामा विवाद अनुशासन नभएका डिआईजी खत्री एसपी, एसएसपी हुँदा पनि विवादित थिए ।

मौकाअनुसार एमाले र कांग्रेसको शक्तिलाई प्रयोग गरेर व्यक्तिगत लाभ लिन सफल डिआईजी खत्री प्रशिक्षण प्रतिष्ठानमा बस्दा अधिकार प्रत्यायोजन नगरी प्रशासन विभाग र आईजीपीको स्वीकृति नलिइकन एक महिना अमेरिका घुमेर आएका थिए । खत्रीलाई हेडक्वार्टरले स्पष्टीकरण लिएको थियो । केन्द्रमा स्पष्टीकरणको जवाफ दिएर एकाएक उनी लुम्बिनी प्रदेशको प्रमुखमा काज सरुवा भएका छन् ।
गृहमन्त्री श्रेष्ठको सचिवालयका प्रेस संयोजक कमल गिरीको सिफारिसमा उनको सरुवा भएको बताइन्छ ।

पत्रकारिताको खेल ओढेर विज्ञापन एजेन्सी चलाउने कमल प्युठानबासी हुन् । कमलले भनेपछि गृहमन्त्रीले नै भन्न नसक्ने बताइन्छ । सशस्त्रको डिआईजी विदुर खड्का उमेरहदका कारण भाद्र १ गतेबाट अवकाश लिएपछि डिआईजी पद खाली थियौं ।

त्यहाँ कमाण्ड गरेका एआईजी नारायण दत्त पौडेल हाल प्रशासन प्रमुख छन् । लुम्बिनी जान सीमा विभागका गणेश ठाडा कार्य विभागका कमल गिरी र गण्डकी प्रदेशका धौवजीले दौडधुप गरेका थिए । डिआईजी खत्रीभन्दा कार्य क्षमताका आधारमा उनीहरु अब्बल थिए । आईजीपी राजु अर्यालले खत्रीलाई केन्द्रमा थान्को लगाउन चाहन्थे ।

खत्रीको अराजकताका कारण सीमा क्षेत्रका वाहिनीहरुमा पठाउन उचित थिएन । तर गृहमन्त्री श्रेष्ठले काम हेरेनन्, उल्टै यस्ता व्यक्तिलाई ठाउँ दिए यो हस्तक्षेपले अब काजीको गृह प्रशासनमा कांग्रेसका भाउजुहरुको कुरा बिक्ने भएको छ । गृहमन्त्री आफु पनि भ्रष्टाचार गर्दिन भने पनि उनका वरपरका व्यक्तिहरु भ्रष्टाचारमा संलग्न देखिन्छन् ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *