बीमा रकम हात पार्न विभिन्न प्रपञ्च

राजनीति समाचार

काठमाडौं । स्वार्थको द्धन्द हुने गरि व्यक्तिहरुले नियुक्ति पाए पछि कसरी न्याय पाइन्छ ? प्रंसग हो कुपण्डोलमा मुख्यालय रहेको वीमा प्राधिकरणको । प्राधिकरणका केही कर्मचारीको स्वार्थका कारण गम्भीर बिषयमा समेत अनुसन्धान हुन सकेको छैन । वीमा प्राधिकरणका एक जना निर्देशकको श्रीमतीलाई जागिर लगाइदिएकै कारण वीमा कम्पनीको गम्भीर प्रकृतिको बदमासीमा समेत खुलेर छानबिन र कारवाही प्रक्रिया अगाडि बढ्न नसेकेको हो ।

सामान्य मासु पसल र टेलर चलाउँदै आएका बाराको नाथुराम देवान ५० लाख रकम बराबरको दोहोरो अंकको दोहोरो बीमाङ्क सुविधासहित २५ लाख÷२५ लाख गरी कूल ५० लाख रुपैयाँको बीमा गराए,आफ्नै श्रीमती हजरा खातुनको नाममा । उनले वीमा अभिकर्ता नाजिर अन्सारीमार्फत २०७८ साल असार २९ गते वीमा गराएका थिए ।

दोश्रो किस्ता २५ को लाखको वीमा गरिसकेको केही दिन पछि नै ०७९ साल भदौं १९ गते राती बारा जिल्ला नाथु देवानले पर्सा वीरगञ्ज २२ माइती भएकी हजरा खातुनलाई माइतीबाट भोज खुवाएर ल्याए । फर्कदै गर्दा नजिकैको इट्टाभट्टामा लगेर हत्या गरे । हत्या भएको ठाँउबाट ५ किमी पर लाश पु¥याए र सल बेरिएर मोटरसाइकल दूर्घटनामा परेर मृत्यु भएको बताए । न त उनीसँग यातायात लाइसेन्स नै थियो । यसरी हत्या गर्नुको एउटै उदेश्य थियो, श्रीमती हजराको ५० लाखको दुर्घटना बीमा गराएका रहेछन्,एशियन लाइफ इन्स्योरेन्समा । सो को दावी भुक्तानी १ करोड २ लाख ५६ हजार ५७५ ।

उनको हंसियत ५० लाखको वीमा गराउन सक्ने थिएनन् भन्नेहरु पनि छन् तर एशियन लाइफकै कलैया शाखाका प्रमुख सोनालाल सहनीले सेटिङमा अण्डरराईटिङ मिलाएर बीमा पोलिसी कटाइएको र एक करोड २ लाख ५० हजार बराबरको रकममध्ये श्रीमतीको मृत्युपछि २ लाख ५६ हजार ५७५ वीमा अभिकर्ता नासिर अन्सारीको खातामा पठाइएको छ ।

अपराध लुकाउनका लागि अभिकर्ताको खातामा पैसा हालिदिएको बताइन्छ । ३० लाख दुई बच्चाहरुको वीमाका लागि छुट्टाइयो । बाँकी ५० गुह्येश्वरी मर्चेन्ट बैंकको कलैया शाखामा भुक्तानी पठाइएको देखिन्छ । गत असार ३१ गते बुझेको एक करोड रकम मध्ये केही रकम एशियन लाइफ इन्स्योरेन्स कम्पनीमै बुझाएको खुलेको छ । जसले पैसाका लागि श्रीमतीको हत्या ग-र्यो उसले एक रुपैंया पनि पाएन । त्यही माथि भारतबाट ल्याइएका भाडाका हत्याारा प्रिन्स पट्टेल,विकास सिंह कमाण्डोले पटक पटक रकम मागे ।

डिल अनुसारको पैसा पाएनन् । उता वीमाको रकम खान आफ्नै श्रीमतीको हत्या गर्ने नाथु देवानसहित बीमा अभिकर्ता नाजिर अन्सारीसहित ३ जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यो प्रकरणमा एशियन लाइफ इन्स्योरेन्सका कर्मचारीहरुकै मिलेमतो भएको आंशका बढ्दैछ । यो उजुरी परिसकेको छ,वीमा प्राधिकरणमा । तर उजुरी दर्ता भए पनि कारवाही हुँदैन ।

कारण एशियन लाइफ इन्स्योरेन्सको जिम्मेवारीमा दिनेशलाल श्रेष्ठ, सिईओ दिपक श्रेष्ठ, डेपुटी मार्केटिङ हेड बिजय पराजुली, कम्पनी सचिव प्रकाश सिंह कठायत लगायत छन् । सोही इन्स्योरेन्समा वीमा प्राधिकरणको निर्देशक राजुरमण पौडेलले आफ्नो पत्नीलाई सोही इन्स्योरेन्समा जागिर खुवाएका छन् । आफ्नै पत्नीले जागिर खाइरहेको संस्था विरुद्ध कारवाही प्रक्रिया अगाडि बढाउनका लागि अप्ठ्यारो परेका कारण वीमा प्राधिकरणले नेपाल लाइफ इन्स्योरेन्सलाई कुनै कारवाहीको प्रक्रिया अगाडि नबढाइएको तर्क पनि अहिले सुनिन थालेको छ ।(तामाकाशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *