सीआईबीलाई बद्नाम गराउने चलखेल

राजनीति समाचार

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पहिलो पटक महिला नेतृत्व पायो तर ललिता निवास जग्गा प्रकरणदेखि डाक्टर पक्राउसम्म प्रकरणमा यो निकाय नराम्रोसँग चिप्लिएको देखिदैंछ । एकातिर यो प्रकरणमा जोडिएका सर्वसाधरण र भीभीआइपीमाथि गरिएको फरक व्यवहारका कारण प्रहरीको शाख नै गिर्न पुगेको भन्दै कतिपय प्रहरीकै रिटायर्ड अफिसरहरुले सार्वजनिक रुपमा अभिव्यक्ति दिन थालेका छन् ।

पाल्पामा जन्मिएर अहिले सिआइबीको नेतृत्व तहमा कार्यरत किरण बज्राचार्यको कार्यसम्पादनमाथि नै हो यसरी प्रश्नहरु उठ्न थालेको । एआइजीमा पदोन्नति भएकी किरण बज्राचार्य प्रहरी इतिहासमै पहिलो पटक प्रहरीको सर्वाेच्च (महानिरीक्षक) पदको प्रतिस्पर्धी बन्ने महिला समेत थिइन ।

बज्राचार्यसँगै डिआइजीमा बढुवा भएका मीरा चौधरी, दुर्गा सिंह र किरण राणा एआइजी बढुवामा नै पछि परेकाले उनले महानिरीक्षकको प्रतिस्पर्धामा एक्लो महिलाका रुपमा प्रतिस्पर्धी हुने अवसर प्राप्त गरेर इतिहास रचेकी किरण कार्यसम्पादनमा कहाँ चुकिन् ? अहिले प्रश्न उठ्न थालेको छ । प्रहरीका केही अधिकारीहरुका अनुसार,ललिता निवास जग्गा प्रकरणमा यस अघि नै सिआइबीले ४० महिना लगाएर अनुसन्धान ग¥यो । ४ सय ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ तर १० प्रतिशतलाई पनि पक्राउ गरिएन ।

ललिता निवासको जग्गा प्रकरणमा भ्रष्टाचार, किर्ते, ठगी संगठित अपराध तीनै वटा मुद्धा चलाउनु पर्दथ्यो । सिआइबी नै अनुसन्धानमा चुक्दा सरकारी वकिलको कार्यालयले सरकारी कीर्तेमा मात्र मुद्धा चलाइएको भन्दैछन् कतिपय अधिकारी । यस्तै सिआइबीजस्तो संस्थाले कानुन कार्यन्वयनको सबालमा ठूलालाई घरमै गएर बयान लिने र सानालाई सिआइबीमै बोलाएर बयान लिएका कारण समेत उसको छवि धुमिल हुन पुगेको बताइएको छ ।

ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको घरमै पुगेर बयान लिए पछि अहिले सिआइबी र विशेष गरी यस्को नेतृत्व सम्हालेर बसिरहेकी किरण चर्काे आलोचनामा परेकी छिन् । यता नक्कली डाक्टरको नाममा सक्कली डाक्टर पक्राउ प्रकरणले पनि सिआइबीको शाख ओरालो लाग्न पुग्यो भनिदैंछ । सिआइबीले सक्कली चिकित्सकलाई नै पक्राउ ग¥र्यो । बहालवाला सांसद सुनिल शर्मालाई अघिल्लो दिन समात्यो र भोलिपल्टै छोडिदियो ।

उनलाई पक्राउ गरिएको समय ठीक थिएन । सुनिल मेडिकल क्षेत्रमा बदनाम व्यक्ति हुन यद्यपि जतिखेर उनले सुन तस्करी प्रकरणका बिषयमा गृहमन्त्री र अर्थमन्त्री विरुद्ध सदनमा बोले । त्यसको केही समयपछि पक्राउ गर्नुले समेत सिआइबी प्रतिशोध साध्न चाहने राजनीतिक दलका लागि हतियारमात्र बन्न पुग्यो । यस्तै सक्कली डाक्टर रंजित कुमार यादवलाई साउन २५ गते भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका, लोकन्थलीबाट पक्राउ ग¥र्यो ।

केन्द्र्रीय अनुसन्धान व्युरोमा झण्डै १ सय ८५ प्रहरी अफिसरहरु छन् । तर, नेतृत्वमा बसेकाहरु प्रतिशोध साँध्न चाहनेहरूको हतियार बन्दा सिआइबीको शाख ओरालो लाग्न पुग्यो भनिन्छ । किरणले सिआइबीको नेतृत्व सम्हाले पनि ६० किलो सुन तस्करी,ललिता निवास जग्गा प्रकरण,टिआइएको भेपबाट सुन तस्करी लगायतका ठूल्ठूला अनुसन्धानहरु भएका छन तर यस्ता ठूल्ठूला अनुसन्धानमा हात हाल्दा प्रहरी संगठन चुकेकै कारण अहिले सिआइबी आलोचित हुन पुगेको छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *