सरकारको कामसँगै बद्नाम पनि हुँदै

राजनीति समाचार

काठमाडौं । सरकारले नक्कली भुटानी शरणार्थी र बालुवाटार जग्गाकाण्डसँगै ६० किलो सुनकाण्ड छानविनमा राम्रो काम गरेको छवि कमाएसँगै अहिले चारवटा विषयमा बद्नाम हुँदै गएको छ । त्यसमा नक्कली भुटानी शरणार्थी काण्डको छानबिन गरिरहेको प्रहरी सरुवा गरेको छ भने अर्को ६० किलो सुनकाण्डको उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने भनेर प्रतिपक्षी दलले संसद्मा अवरोध खडा गरेपछि सरकार झुकेको छ ।

तेस्रो बालुवाटार जग्गाकाण्डमा मुछिएका दोषीहरुलाई घरमै बयान लिने नाममा सरकारी वकिल कार्यालयमा चलिरहेको मुद्दालाई राजनीतिक दबाबको आडमा फितलो बनाउने काम हुँदैछ । त्यस्तै अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम सुवेदीलाई गृहमन्त्रालयमा तानेर अनुसन्धान गर्ने नाममा जोगाउन खोजिएको छ ।

कुनै बेला सुवेदी गृहमन्त्री नारायणकाजी श्रेष्ठको घरमा दानपानीको जोहो गर्ने भनेर चिनिन्थे । अहिले श्रष्ठ गृहमन्त्री भइरहँदा तिनै सुवेदीलाई छानबिनको दायरामा तानिएको छ । अर्कोतिर अहिले सबैतिर चासो बढिरहेको गिरिबन्धु टी स्टेटको जग्गाको छानविन पनि त्यत्तिकै अलपत्र पर्ने देखिन्छ । यस्ता काण्ड अनगिन्ती छन् ।

ती काण्डहरु पनि पछिल्लो समय विस्तारै सेलाउँदै गएका छन् । अहिले सबैभन्दा चर्चा र चासोको विषय बनेको भुटानी शरणार्थी काण्ड, बालुवाटार जग्गाकाण्ड र सुन छानविन काण्ड पनि ओझेलमा पर्दै गएका छन् । सरकारकै साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले गरेको कामको विरोध गरिरहेका छन् ।

त्योसँगै कांग्रेसबाटै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग भइरहेको छ । त्यसकारणले पनि यो सरकारले भ्रष्टाचारका विभिन्न काण्डहरु बाहिर ल्याउने अवस्था देखिँदैन । राजनीतिक दलहरुकै छत्रछायाँमा बसेर देशका विभिन्न भ्रष्टाचारका मुद्दाहरु कमजोर बनाउँदै लाने प्रयास भइरहेको छ । सरकार पनि यी काण्डसँगै धरमराउने अवस्थातिर गएको छ ।

नेकपा एमाले र कांग्रेसबीच समन्वय गरी भ्रष्टाचारको काण्ड मिलाउन सरकार नै परिवर्तन गर्ने संकेत देखिन्छ । किन कि कांग्रेस सभापति शेरबहादुर देउवालाई भ्रष्टाचारको मुद्दा पनि झिसमिस पार्नु छ भने अर्कोतिर आफ्नो छोराको विवाह आगामी मंसिरमा हुने भएकाले त्यतिबेलासम्म आफू प्रधानमन्त्री बन्नुपर्ने हतारो छ । त्यसकारण पनि यो सरकारको आयु छोटिँदै गएको विश्लेषकहरुको आँकलन छ । अहिले अधिकांश काण्डहरुमा सरकारको साझेदार दल कांग्रेसले नै विरोध गरिरँदा प्रधानमन्त्री प्रचण्ड भने दोधारमा परिरहेका छन् ।
(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *