मायालु प्रेम एसएसपीको ?

राजनीति समाचार

काठमाडौं । जसले सुरुवात ग-यो त्यसलाई कामको टुंगो लगाउन नदिएपछि आफ्नो अपराध ढाकछोप हुने कांग्रेसी चिन्तनबाट यसपटक नेपाल प्रहरी चलाइएको छ । नक्कली भुटानी शरणार्थी छानबिन प्रक्रियामा दोस्रो चरणमा तानिने कांग्रेसिका डा.आरजु राणा र मञ्जु खाँड एमालेका डा.अजय क्रान्ति शाक्य, राजेश्वर स्थापित, राजेश बज्राचार्य, नैनकला थापासम्म थिए । उनीहरुलाई जोगाउन ओली र देउवा चाहन्थे ।

तर एमालेका केपी ओली र कांग्रेसका शेरबहादुर देउवाको दबाबमा उपत्यका प्रहरीका एआईजी श्याम ज्ञवाली, काठमाडौं परिसरका दानबहादुर कार्की, अपराधका डा.मनोज केसीलाई सात महिनामै सरुवा गरियो । अहिले काठमाडौं परिसर र अपराधमा पठाइएका एसएसपी कांग्रेसीका रुपमा चिनिन्छन् । देउवा दरबारले रुचाएका एसएसपीद्वय विगतमा भानु देउवा, प्रकाश देउवा, डा.आरजु देउवाका आम्दानीका स्रोत थिए । भूपेन्द्र खत्री, कर्णाली प्रदेश कार्यालयमा थिए । कर्णालीमा डिआईजी भिम ढकाल छन् ।

अपराध नियन्त्रण गर्न पठाइएका एसएसपी सोमेन्द्र सिंह राठौर पनि विवादित हुन् । यिनै हुन् सुदूरपश्चिममा आफ्नै कर्मचारीसँग घुम्न जाँउ भन्ने । उनीहहरुलाई दोस्रो चरणको छानबिन दबाउने कबोल गरेर कांग्रेसले खटाएको हो । भ्रष्टाचार, कमिशन माफिया र दलालीकरण कांग्रेस र एमालेको प्रमुख स्वार्थ भनेको नक्कली भुटानी प्रकरणको दोस्रो च्याप्टर बन्द गर्ने टोपबहादुर र बालुकष्ण खाँडलाई जेलमुक्त गर्नु रहेको छ । राठौरु जहाँ जान्छन्, त्यहाँ संगठनको बद्नाम गर्छन् ।

प्रहरीको अनुसन्धान माथि दबाब दिएर छानबिन प्रतिवेदन पंगु बनाउने चलन कांग्रेस र एमालेमा नियमित चल्दै आएका शासकीय रुप हुन् । नक्कली भुटानी प्रकरण नेपालका नेताले उचालेका होइनन् अमेरिका र अस्टे«लियाजस्ता शक्तिशाली मुलुकमा पठाइएका नक्कली भुटानी शरणार्थीको पहिचानको कारण छानबिन थालिएको हो । देशकै बद्नाम गरेर आँफु कमाउने राजनीति स्वार्थको नायक कांग्रेस र कम्युनिष्टकै उच्च नेता सरिक भएपनि मनोनित नहुने केपी ओली र शेरबहादुर देउवाको कारण देशको शिर झुकेको छ । कांग्रेसले अपराध गर्नु नैसर्गिक अधिकार भएजस्तै एसएसपी सामेन्द्रले अपराध गर्दा कानून लाग्दैन । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *