नेपाललाई फकाउँदै ओली

राजनीति समाचार

काठमाडौं । मुलुकको जनमत वामपन्थी छ, तर सरकारको निर्माण कार्यमा कांग्रेसको वैशाखी टेक्नुपर्ने बाध्यता छ । नेकपा एमालेको केपी पथले वामपन्थीलाई बाइपास गरेर चुरेभावर, लोकतान्त्रिक दल, परिवार दल, राप्रपासमेत साथ लिएर चुनाव लडेका थिए । सरकार पक्षका कांग्रेस, माओवादी, समाजवादी, लोसपाले नेकपा एमालेलाई एक्ल्याएको प्रचार त भयो, तर वामपन्थी शक्ति बिचको एकता नहुँदा जनता निराश थिए ।

अहिले नेकपा एकीकृत समाजवादीका ३५ जना केन्द्रीय सदस्य १८ जिल्लाका पार्टी अध्यक्ष एक सय प्रदेश सदस्य जिल्ला क्षेत्र, पालिका स्तरका कार्यकर्ता पुरा नै घर फर्केका छन् । त्यस्ताको हकमा नेकपा एमालेले सरल नीति पनि लिएको छ । फर्केर आउने हिजो जहाँ थिए त्यहीँ पद दिने सदस्यता नवीकरण एक वर्षको छुट दिने एमालेको नीति छ । पार्टी अध्यक्ष माधव नेपाल बाहेकलाई एकै पटक फिर्ता गर्ने तयारीमा ठूलो शक्ति लागेको छ । तर एमाले भित्रै माफिया नेता राजी छैनन् ।

माधव फर्कंदा केपीको पद धरापमा पर्छ । पहिला माधवलाई धोका दिएका १२ भाइ अत्तालिएका छन् । तीनले केपी ओलीबाट पनि साथ नपाएर उनीहरु जाती हुन् । माधव समूहको विरोध गर्छन् । योगेश भट्टराई रघुजी पन्त यो मामिलामा अगाडि छन् । जसले ताप्लेजुङमा चुनावका बेला थामसेकुसँग लिएको करोडौं खर्च गरेर चुनाव जितेका हुन् । राजनीतिमा एक नेताको प्यादा नभएसम्म सफल भइँदैन भन्ने बुझेर योगेश, वामदेवलाई छाडेर माधवतिर लाग्दा सचिव पद पाएका हुन् । गोकर्ण विष्ट सचिव जितेका थिए ।

सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य उपाध्यक्ष नै भए । झलनाथको भाञ्जा भिम आचानर्य सचिव नै थिए । रघुजी पन्थ केन्द्रीय सदस्यबाट केन्द्रीय सदस्य नै छन् । शेरबहादुर तामाङको पारा उस्तै छ । एमालेमा अहिले पछुतो भएको छ । जसका कारण वामपन्थी एकता त के सहकार्यको ढोका समेत थुनियो । तर संसदको अन्तर्राष्ट्रिय समेत थुनियो । तर संसदको अन्तर्राष्ट्रिय समितिको बैठकमा माधव र केपीसँगै बस्दा उत्पात्तै भएझैं प्रचार गर्न थालिएको छ । यसले पार्टी एकताको ढोका खोल्यो भन्ने ठाउँ छैन । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *