एकीकृत समाजवादीको आफ्नै पिडा

राजनीति समाचार

काठमाडौं । पार्टी विभाजनको औचित्यको पुष्टि नहुँदा एकीकृत समाजवादीका ठूला नेता पुरानै घर फर्कन थालेका छन् । मुकुन्द न्यौपाने फिर्ताको कारण नेकपा एमालेले अरु नेतालाई आकर्षा गर्न विधानमा रहेको ७० वर्षे प्रावधान हटाउको छ । त्यो प्रावधान केपी ओलीले आँफैलाई पुनः अध्यक्ष बन्न हटाएको एकीकृत समाजवादीका अध्यक्षको दाबी छ । माधव नेपाल समन्वयकारी भूमिकामा रहने नेता हुन् । राजनीतिमा कुटनीतिले अर्थ राख्छ । नेपालको पार्टी जसरी बन्यो त्यसले संघीय संसद र प्रदेशको चुनावमा आफ्नो धरातल थाहा पायो । राष्ट्रिय पार्टी बन्न पनि सकेन कार्यकर्ता नेता थेग्न पनि सकेन ।

नेता जिल्ला र गाउँ नजाने केन्द्रमा थुप्रेर पार्टी कसरी बन्छ । चुनावमा संयुक्त सभा बाहेक कुनै जिल्लामा अध्यक्ष नेपाल वरिष्ठ नेता खनाल पनि गएनन् । महासचिव घनश्याम भुसालको दर्शनले नेकपा एकीकृत समाजवादी बन्दैन । जनताका मुद्दामा पार्टी एक छ, तर संगठन कमजोर भएको कारण महाधिवेशनको समयसम्म पार्टी पार्टी बन्न सक्छ कि सक्दैन शंका छ । सरकारमा दुई मन्त्रालय पाएपनि मन्त्री अलमलमा छन् । किसानसँग जोडिने मन्त्रालय कृषि हो भने विकाससँग जोडिएको भौतिक पूर्वाधार मन्त्रालय एकीकृतसँगै छ । पशुलाई स्किन फक्स रोगले ग्रस्त बनायो । देशभर लाखौं लाख पशु मरे ।

सरकारले आर्थिक अवस्था ग्रस्त भएको बहानामा क्षतिपूर्ति दिएन । संसदका सभापति र सांसदका जति पनि सेवा सुविधा दिने जनताको काम नगर्ने संसदीय अभ्यासबाट समाजवादीको लक्ष्यमा कसरी पुगिन्छ ? कम्युनिष्ट विचारका माओवादी, एकीकृत समाजवादी जसपा र नेकपा चन्दको संयुक्त मोर्चा पनि भत्कने अवस्था छ । अमेरिकी सहयोग मिलिनियम च्यालेञ्जको लागि ९२ अर्ब खर्च गरिँदैछ । त्यो रकममा नेपालले १३ अर्ब खर्च गर्दैछ । यहाँ ७९ अर्ब अमेरिकी अनुदान हो अमेरिकाले विकासका नाममा मुस्ताङको युरेनियम आँखा लगायो भनिँदैछ । तर एमसीसी नुवाकोट तनहुँ हुँदै भारतीय सीमातर्फ लक्षित छ ।

भारतीय सीमातर्फ ट्रान्समिसन लाइन निर्माण गरिँदैछ । तर भारतले नेपालको बिजुली खरिद गर्न आफ्नै देशका कम्पनीले निर्माण गरेको परियोजना खोज्दैछ । लोकतन्त्रको अग्रणी देशले त्यो खोचो थाप्न सुहाउँदैन । नेकपा एकीकृत समाजवादीलाई जनताको बहुदलीय जनवाद नै प्यारो छ । जहाँ केपी ओली एक्लो राजा बनेर नेकपा एमालेलाई कुदाएको दाबी पनि तिनै गर्छन, जो राजा सरह छन् ।

ठूला पार्टीले सामुहिकताको ख्याल गरेनन् । अध्यक्ष उपाध्यक्ष महासचिव उपमहासचिव सचिव जस्तो पदका लागि पार्टी केन्द्रीय समितिहरु भद्दा छन् । पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारी बैठकसम्म बस्ला केन्द्रीय समितिलाई एक ठाउँमा जुटाउन पार्टी प्यालेस राष्ट्रिय सभागृह, प्रज्ञा प्रतिष्ठान छान्नुपर्ने भयो । कांग्रेसले पार्टी कार्यालयमा बैठक राख्छ । कम्युनिष्टहरुको त्यो सम्भव छैन । जसको संगठन चुस्त दुरुस्त छैन ।

२ अंकको केन्द्रीय समिति बनाउन माओवादीमा चर्काे बहस भयो, तर एमाले र समाजवादीमा त्यस बारे छलफल भएको छैन । जबजलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा लिने एमालेले अवधारणाअनुसार कति चल्यो चलेन जनताले भन्छ । तर समाजवादीलाई समाजवादी मोर्चा पनि चाहिएको छ सत्ता पनि चाहियो नेता कसरी थेग्ने राष्ट्रिय पार्टी कसरी बन्ने चुनावमा को सँग मिल्ने भन्ने चिन्ता छ ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *