भौतिकका कर्मचारी सरुवामा तीनखेमाको मिटिङ

राजनीति समाचार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले सम्हालिरहँदा निर्माण व्यवसायीहरु भने ठेक्काको भुक्तानी नपाएको गुनासो गरिराखेका छन् । मन्त्री ज्वाला बढी पनि न त मन्त्रालयमा चर्चा देखिन्छ न त पार्टीमै । भौतिक मन्त्रालयको कर्मचारी सरुवा बढुवामा पनि तीन खेमा देखिन्छ । त्यसमा मन्त्रीको सचिवालय, सचिव र डिजीको खेमा रहेका छन् । कर्मचारी सरुवा बढुवाको लागि तिनै खेमाको मिटिङ बस्ने गरेको छ ।

तिनैखेमाको सहमति अनुसार कर्मचारीहरुको सरुवा बढुवा हुने देखिन्छ । त्यसमा कतिपय कर्मचारीले त सुगमदेखि दूर्गमसम्ममा जाने चाहना राख्ने गरेका छन् । त्यसैगरी दूर्गमबाट सुगमको मालदार ठाउँमा आउन चाहनेहरुको खेलोफड्को पनि भइरहेको छ । यिनै खेलोफड्को गर्नेहरुमध्येबाट को कहाँ पुग्ने हुन् त्यसको टुंगो लागेको छैन । त्यस्तै हालका सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललाई हटाएर रामहरि पोखरेलाई महानिर्देशक बनाउने पनि चर्चा भइराखेको छ ।

तर, सुशीलबाबु ढकाल गृहमन्त्री नारायणकाजी श्रेष्ठको गृह जिल्लावासी हुन् । ढकाललाई हटाउन मुस्किल पर्ने देखिन्छ । तर, महानिर्देशक पोखरेल महानिर्देशक बन्न लागिपरेको बताइन्छ । सिनियरको हिसाबमा पोखरेल महानिर्देशक बन्न लायक पनि देखिन्छन् । त्यस्तै सडक डिभिजन काठमाडौंमा सुवोध देवकोटालाई ल्याउने चर्चा चलिरहेको छ ।

हाल काठमाडौं सडक डिभिजन कार्यालय प्रमुखमा नारायण निहुरे रहेका छन् । उनलाई विभागमा सरुवा गरेर काठमाडौं सडक डिभिजनमा सुवोध देवकोटालाई ल्याउने तयारी गरिएको बताइन्छ । अर्का नारायणदत्त भण्डारी पनि काठमाडौं सडक डिभिजन कार्यालयमा आउनको लागि डल्लू दरबार धाइरहेका छन् । त्यसैगरी उता सुवोध देवकोटा भने काठमाडौंमा नभए नुवाकोट जाने तयारी पनि गर्दै छन् ।

उता, मध्येपहाडी लोकमार्ग आयोजनामा रहेका हरि पोखरेललाई घरमा काम गर्ने युवतीमाथि दूव्र्यवहार गरेको आरोप लागेर प्रहरी कारबाहीमा परेपछि उक्त ठाउँ रिक्त भएको थियो । सो ठाउँमा कुवेर नेपालीलाई ल्याउने तयारी हुँदै छ । भदौ देखि असोजको १५ सम्म भौतिक मन्त्रालयले कर्मचारी सरुवा गरिसक्ने देखिन्छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *