सर्वेन्द्र सीआईबीको निगरानीमा

राजनीति समाचार

काठमाडौं । प्रहरीको जागिर भइन्जेल जता मल्कु उतै ढल्कु गरेका सर्वेन्द्र खनाल प्रहरी आईजीपी भएपछि सहयात्री रमेश खरेलको विद्रोह गरे । खनाललाई व्यवसायिक प्रहरी भनिए पनि हजम गर्ने कुरामा कमी थिएन । भारतीय सुटर र तस्करलाईसँगै पक्राउ र कुमार घैंटेको हत्या गरी नारायण अञ्चल प्रहरी प्रमुख हुँदा चर्चामा आए पनि खनालको सम्बन्ध सीमा तस्करहरुसँग मात्र चिनियाँ सुन तस्करसमम रहेको रहस्य यसपटक ६० किलो सुन प्रकरणले छर्लंग बनाएको छ ।

खनालले सुन तस्कर छोप्तेन छिरिङ र दावा छिरिङ, छेवाङ लामा र लि हान सोङसँग भएको प्रहरी अनुसन्धानले देखाएपछि खनाल अमेरिका गएका छन् । पार्टीका पुराना त्यागी नेतालाई बाइपास गरेर एमालेले संघीय संसदको चुनावमा काठमाडौं ६ बाट उम्मेद्वार बनाएको थियो । खनाललाई रास्वपाका सुधीर खनालले पराजित गरे ।

एमालेका लागि ग्रह दशाले चलेको बेला काठमाडौं उपत्यकाबाट चुनाव जित्ने क्षेत्र ९ का कृष्ण गोपाल श्रेष्ठ मात्र भए । एमाले सत्ता गठबन्धनविरुद्ध राप्रपा, चुरे भावर, परिवार दल, देशभक्त मंचजस्ता समूह र मधेसमा जसपासँग गठबन्धन गरेको थियो ।
सर्वेन्द्र खनालजस्ता आयातितहरुलाई पार्टी कार्यकर्ताले साथ दिएनन् । तर पनि पुनः खनाल संसदको उपचुनावमा तनहुँ १ बाट उम्मेद्वार भए । जनताले तनहुँमा पनि भ्रष्टाचारमा डुबेका रैथाने दलहरु कांग्रेस एमालेलाई साथ दिएनन् ।

माओवादीले आफ्नो अवस्था नाजुक बन्दै जाँदा सो क्षेत्रमा कांग्रेसलाई संघमा सघाएर प्रदेश सांसद लियो । क्षेत्र नं. २ मा भने माओवादीका उम्मेद्वार राजेन्द्र कसरी पराजित भए । प्रहरीबाट एमाले बनेका नवराज सिलवाल ललितपुर १ सर्वेन्द्र खनाल काठमाडौं ६ मा चुनाव हारे । दुबै प्रहरी अधिकृतहरुको सम्बन्ध तसकरसँग थियो । सिलवाल मिटर ब्याजका नायक हुन् भने खनाल सुन तस्करी गर्ने चिनियाँ नागरिक छेवाङका सहयोगी भएको रहस्य खुलेपछि अमेरिका कुदेका छन् । सिआईबीले पूर्व आईजीपी खनाललाई इन्टरपोलको साथ लिएर नेपाल झिकाउने स्थिति छ कि छैन शंका छ ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *