लौ पढ्नुस् डा.संगिता कौशल मिश्रको रामकहानी ?

राजनीति समाचार

काठमाडौं । स्वास्थ्य मन्त्री मोहन बस्नेतले स्वास्थ्य सेवा विभागको कमाण्डर बनाएर खटाए डा संगीता मिश्रालाई । झण्डै तीन बर्ष स्वास्थ्य सेवा विभागका हाकिम रहेका डा दीपेन्द्ररमण सिंहलाई मन्त्रालयमा तानेर त्यहाँ डा संगिता कौशल मिश्रालाई खटाइएको छ । स्त्री रोग तथा जनस्वास्थ्य विज्ञ समेत रहेकी मिश्राले यस अघि २१ महिना प्रसुती अस्पतालको नेतृत्व गरिन । उनै मिश्रा स्वास्थ्य सेवा विभागको डिजी बनेसँगै नयाँ रहस्य सार्वजनिक भएको छ मिश्राले क्वार्टरको भाडा नतिरेको ।

उनले झण्डै तीन लाख बढी रकम भाडा नतिरेको रहष्य अहिले सार्वजनिक भएको हो । पढाईमा अब्बल भए पनि संगीताले कीर्ते गरेर लोकसेवालाई समेत छलेर बढूवा भएको भेटिएको छ । केही समय अघिमात्र उनी १२ औं तहमा बढुवा भएकी हुन । यसरी बढुवा हुँदा लोकसेवा आयोगलाई समेत गुमराहमा पारेको रहष्य समेत बाहिरिएको छ । संगीता ११ औं तहमा जागिर खाँदा कीर्ते कागजात पेश गरेर जागिर खाएको भन्दै अख्तियारले समेत यसमा चासो राखेको थियो ।

स्वास्थ्य सेवाको एघारौं तहमा स्वास्थ्य सेवाको अधिकृत एघारौं तहमा जागिर खान एमबीबीएस गरेपछि ७ वर्ष काम गरेको हुनुपर्ने प्रावधान रहेको छ । तर, डा. मिश्रा एमबीबीएस गरेको ६ वर्षमै अमेरिकामा पढ्न गएको अवधिमा पनि विराटनगरस्थित नोबेल अस्पतालमा काम गरेर किर्ते कागजात पेश गरेको खुल्न आएको छ । नोबेलका मालिक सुनिल शर्मासँगको मिलेमतोमा कीर्ते कागज बनाएकी थिइन,संगीताले । अमेरिकामा पढ्न गएकी डा. संगिताले तत्कालीन स्वास्थ्य सचिव डा. प्रविण मिश्रलाई प्रयोग गरेर त्यो अवधिमा पनि नोबेल अस्पतालमा काम गरेको कागजात तयार पारेर पेश गरेको आरोप छ । यो विषयमा अख्तियारले अनुसन्धान थालेको हो ।

यसरी चोरबाटो बाट १२ औं तहमा उक्लिएकी संगीता थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको स्टाफ क्वार्टर २१ महिना प्रयोग गरे वापत तिर्नुपर्ने झण्डै ३ लाख बढी रकम नतिरेर भागि रहेको अस्पताल प्रशासन स्रोतले जनाएको छ । अन्य सरकारी कार्यालय र थापाथली अस्पतालको क्वार्टर प्रयोगमा फरक नियम छ ।

थापाथलीको क्वार्टरमा बस्नेहरेक कर्मचारीले २० देखि २५ प्रतिशत भाडा तिर्नुपर्छ । ३ कोठासम्म तलबको २० प्रतिशत र चार कोठा भए २५ प्रतिशत तिर्नुपर्ने नियम छ । संगीताले २१ महिना क्वार्टर प्रयोग गर्दा राज्यलाई तिर्नुपर्ने ३ लाख ८३ हजार ८१३ रुपैयाँ तिरेकी छैनन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *