सुन काण्डले माओवादी ध्वस्त

राजनीति समाचार

काठमाडौं । जनताको मुक्तिका लागि लडेको भनेर माओवादी नेताले गफ दिए । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनः पुत्र दिपेश पुनः अखिलका महासचिव छन् । उपाध्यक्ष कृष्णबहादुर महरा, पुत्र राहुल र एटमको चर्चा कम थिएन, बाबु गृहमन्त्री हुँदा प्रहरी हैरान, अर्थमन्त्री बन्दा राजस्व र भन्सारमा दबदबा भएकै कारण चिनिया सुन तस्कर यिनका साथी भए ।

नन्दकिशोरकी बहिनी अमला रोकासँगको वैवाहिक सम्बन्ध भएका काभ्रेबाट नागरिकता लिएका दावा छिरिङसँगको सम्बन्धले दिपेश पुन सीआईबीको निगरानीमा गरेका हुन् । महरा पुत्र राहुल सीआईबीको थुनामा छन् । माओवादी नेताले आफु मन्त्री बन्दा छोराछोरी भाइभतिज पिएर राखेर पैसा संकलन गर्थे । दिनानाथ शर्मा यो पंक्तिमा अगाडि थिए । दिनानाथले छोराछोरी ज्वाइँसमेत उठाउन खटाएका थिए । माओवादीमा जनयुद्ध अन्तको अवस्थातिर उनी भूमिगत भएबापत साँवाब्याज सबै उठाए ।

वर्षमानको भाइ प्रनिश पुन होटल भियनाका लगानीकर्ता हुन् । वर्षमानको भाइबहिनी नै यस्तै धन्दामा थिए । शक्तिले सन्ध्या पहाडीलाई भेटपछि मात्र वनमन्त्री हुँदा काम गर्थे । यिनले ५ हजार पनि बाँकी राखेनन् । अहिले यी उर्जामन्त्री छन्, तर काममा सिन्को भाँचेका छैनन् । जनार्दनले भाइ सुनिल शर्मा खटाउँथे । अर्थतन्त्र ध्वस्त बनाउने जनार्दन र डा.आरजु देउवा हुन् । यिनैले गृहमन्त्री हटाउन जोड दिँदैछन् । सुन तस्करीजस्तो घृणित धन्दामा माओवादी छन् भनेर जोकोहीले पत्याएन । महराको कनेक्सनको भण्डाफोर गर्ने उनै जनार्दन थिए । ज्वाइँको अनलाइनले महराको भण्डाफोर गरेको हो ।

सीआईबी सुन मालिकसम्म पुग्छ पुग्दैन थाहा छैन । तर रामकुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा जिक्वाङ लिन, राजन श्रेष्ठ, पुष्कर भट्ट, कृष्ण, श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, रियान मी, वेन तोङ, डिङ सेग्फा, लिनेक काई, याओ पुचुङ्ग, लिवेन सुङ, गणेश पौडेल, किशोर बस्नेत, सुमन खरेल, दावा छिरिङको अपराधले मुल लगानीकर्ता पक्राउ पर्छ÷पर्दैन । सबैको प्रतिक्षाको विषय बनेको छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *