पक्राउ पुर्जी जारी भएका विदेशमा ?

राजनीति समाचार

काठमाडौं । वनमा बाघ कराउनु खोरबाट बाख्रो हराउनुजस्तै हुँदैछ । कांग्रेसभित्र भ्रष्टाचारी र माफियाविरुद्धको छलफल सरकार र पार्टीमा ६०÷४० को भाग खोजेको डा.शेखर समूहकको मान्छे न हिजो शासक भए न आज हुन पाए । बाग्मती प्रदेशको मुख्यमन्त्रीका आकांक्षी दोलखा १ क का सांसद कुन्दन काफ्लेलाई वामपन्थी मोर्चाको सरकार हुँदा संसदीय दलको प्रमुख सचेतक प्राप्त भयो ।

पार्टीमा बोल्नु मात्र लोकतन्त्र होइन । अहिले परिस्थिति उल्टियो । देउवाका ठेकेदार बहादुर सिंह लामा र इन्द्र बानियाँकै बिचमा लडाईं भयो । कुन्दनराजले अपेक्षा गरेको पद पाएनन् । राजीनामा दिएकै भोलिपल्ट देउवा पक्षका सहमहामन्त्री महेन्द्र यादवमाथि भृकुटीमण्डपमा राप्रपा नुवाकोटका कार्यकर्ता श्याम सापकोटाले नेता भ्रष्टाचारी बालकृष्ण खाँडको सेवक भएबापत खुकुरी हाने ।

ललिता निवास नक्कली भुटानी शरणार्थी सुन तस्करीले गणतन्त्रवादी नेता बद्नाम भएका छन् । द्वन्द्व कांग्रेसको संस्थापन र संस्थापन इतरका बिचमा पनि देखिएको छ । कुन्दनराजले बाग्मती प्रदेश संसदीय दलको सचेतकबाट हट्नु र सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार हुनु संयोग मात्र हो कि अन्तर्जाल छ त्यसको समीक्षा हुन सक्छ ।

किनकी राप्रपा भ्रष्टाचारको विरोधमा छ । यादव त्यस्ता नेता हुन् जसले नक्कली भुटानी शरणार्थी काण्डमा जेल पुगेका बालकृष्ण खाँडको पक्ष लिएर केन्द्रीय समिति बैठकमा बोल्दा हाँसिमजाकका पात्र भएका थिए । भ्रष्ट डा.आरजु देउवा आँफै माफिया बेचन झासँग जोडिएर नक्कली भुटानी प्रकरणमा लुटेकी थिइन । झासँग नेता कृष्ण सिटौला पनि जोडिएका छन् ।

कांग्रेसी आडमा झा बेपत्ता भए । रामबहादुर पुत्र प्रतिक थापा हङकङ, इन्द्रजित राई पुत्र निरज राई अमेरिका, खाँडका पीएसओ प्रहरी असई तेजबहादुर सिलवाल लण्डन पुगेका छन् । पार्टी भित्रको यो रमिता देखेर संसदको राज्य व्यवस्था तथा सामाजिक समितिको बैठकमा रामहरि खतिवडाका अगाडि सांसदद्वय अम्बिका बस्नेत, सरिता प्रसाइँले मुलुक कतारित जाँदैछ । संसद र सरकारको पक्षभन्दा जनताले बालेन साहको सिंहदरबार पोल्छु भन्ने शब्दमा किन साथ दिए भन्ने प्रश्न पनि उठाए ।

उनीहरुको भनाई पार्टीका नेताको भ्रष्ट र माफियाकरणसँगको सम्बन्धसँग जोडिएको झल्को दिन्छ । पार्टी कार्यकर्ताको भावनाको कदर हुँदैन । सभापति देउवा कुनै विषयमा ज्ञान नभएकी कलंक पत्नी डा.आरजु देउवालाई संसदको कृषि, सहकारी तथा पशुपन्छी विकास समितिको सभापति बनाएका छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *