सेनाभित्र जर्नेहरुको असन्तुष्टि बढ्दै

राजनीति समाचार

काठमाडौं । नेपाली सेनालाई देशको गौरव भनेर मान्ने गरिन्छ । तर सेनाभित्र अधिकांश भ्रष्टाचार र विकृतिहरुको चाङहरु बढ्दै गएको छ । सेनामा जागीर खानेहरु दक्षता, क्षमता र पारदर्शिता भएका व्यक्तिहरुलाई सोतः बढुवा गर्ने परम्परा रहेता पनि त्यो भने लागु हुन सकेको छैन । सेनाभित्र भएका भ्रष्टाचारको विषयमा अधिकांश सर्वसाधारणले प्रश्न उठाउन थालेका छन् । तर, सर्वसाधारणले प्रश्न उठाइरहँदा पनि पत्रकारहरुले त्यस्ता समाचारहरु बाहिर ल्याउन सकेका छैनन् ।

नेपाली सेनाभित्र फैलिँदै गएको विकृति, विसंगति र भ्रष्टाचारको समाचार सम्प्रषेण गर्न जो कोही पत्रकारले सक्दैनन् भनिरहेका छन् । त्यसैगरी न्यायलयभित्रको समाचार पनि सम्प्रेषण गर्न सकेका छैनन् । अहिले सबैभन्दा भ्रष्टाचार हुने अड्डा नेपाली सेना र न्यायलयभित्र हो भनिरहेका छन् । तर, हुन पनि त्यस्तै भएको देखिन्छ ।

नेपाली सेनाका उपरथी कुमार थापा अवकाशको मुखमा पुगे तापनि एक महिना अगाडि नै स्वतः बढुवा गरिएको छ । अवकासको नजिक पुगेका कुमार थापालाई स्वतः बढुवा गरेपछि नेपाली सेनाका जर्नेलहरु असन्तुष्ट बनेका छन् । रक्षा मन्त्रालयका प्रकाश पौडेले थापालाई बढुवाको सिफारिस गर्न मिल्दैन भनिरहँदा प्रधानमन्त्री प्रचण्डका नातेदार चुडा खड्काले दबाब दिएर थापालाई बढुवा गरिएको बताइन्छ । तर, अर्थमन्त्रालयले स्वीकृति नदिँदा पनि मन्त्रिपरिषद्को बैठकले थापालाई बढुवा गरेको बताइन्छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *