दलको गरिमा घटाउँदै नेता

राजनीति समाचार

काठमाडौं । नेपालको राजनीति भ्रष्टको रुपमा विश्व समुदायका बिचमा परिचित भएको छ । तन्त्र जे सुकै भएपनि भ्रष्टको नाम कमाएका केपी शर्मा ओली, शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतका शिर्ष नेताहरु रहेका छन् । नेता शुद्ध अनुशासित कुनै दलमा छैनन् । कांग्रेस कम्युनिष्टको विरोध गरेर चुनाव ििजतेको रास्वपाका रवि लामिछाने आफ्नै सांसद डा.ढाकाकुमार श्रेष्ठसँग मन्त्री हुन् । तीन करोड व्यवस्थापन गर्न लगाउँदा मेडिकल माफिया दुर्गा प्रसाइँको भण्डाफोरमा परेर सांसद पद नै गुमाए । भ्रष्टाचार गर्नु आमाको रगत खाए बराबर भन्ने राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले ५ करोडमा विवादित ठेकेदार विक्रम पाण्डेलाई मन्त्री पद बेचेको कुरा राप्रपाकै सांसद धवल शमशेर राणाले बताए ।

राजनीतिका यी कुपात्रहरुले जनताको पक्षमा केही गरेका छैनन् । उपलब्धीविहीन संसद अवरोध गरेर ६५ दिनको भत्ता पनि बुझे । नीतिगत भ्रष्टाचारमा नेकपा एमाले अगाडि थियो । खुला भ्रष्टाचारमा नेपाली कांग्रेस अगाडि छ । माओवादी केन्द्रका नेताको सुन तस्करीसँग जोडिएको साइनो गृहमन्त्री नारायणकाजी श्रेष्ठसम्म जोडियो । भन्सारको अध्यागमन विभागका प्रमुखको सुन तस्कर दावा छिरिङसँगको सम्बन्धले सरकारको अवस्था दर्शाएको छ । सरकारलाई कांग्रेसका शेरबहादुर देउवा र एमालेका केपी ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको छानबिन नगर्ने नगराउने शर्तमा प्रधानमन्त्री पद बेचेका हुन् ।

विचार सिद्धान्त कार्यक्रम र नीतिगत तहमा कमजोर भएका कारण राजनीतिक तहले जस्तो अपराध गरेपनि कानूनी परिबन्धमा पर्दैनन् भन्ने कुरा यो पटक छर्लंग भएको छ । गृहमन्त्री घुस नखाने, तर भाइले विभिन्न काण्डमा प्रहरी हिरासतमा पुगेका मान्छे छुटाइदिने भन्दै पैसा उठाउने काम पनि गरेका छन् ।

माओवादी नेताका छोराहरुका कारण अहिले सरकार बद्नाम भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडिएका टोपबहादुरलाई पक्रन हुँदैन भनेकै थिए । सचिवालयसँग जोडिएका बज्रेश शाक्य, डा.अजय क्रान्ति शाक्य, राजेश्व स्थापितलाई कारबाही नगर्ने शर्तमा कांग्रेसका डा.आरजु राणा र मञ्जु खाँडको अपराध पनि प्रधानमन्त्री प्रचण्डले जोगाएका छन् ।

नक्कली जालझेलले व्यवस्था मात्र बद्नाम भएको छैन, नेता समेत बद्नाम भएका छन् । वर्षमान पुन, नन्दकिशोर पुन, कृष्णबहादुर महराका छोरा छोडिएका सुनकाण्डमा एमालेका ईश्वर पोखरेल, रामबहादुर थापाका पुत्र जोडिनु नौलो होइन । दिपेश पुन, किशोर पुन, राहुल ममहरा, स्वराज पोखरेल, प्रतिक थापाहरु पिताको पावरका भरमा यस्तो धन्दामा लाग्दा देउवापत्र रणवीर देउवाको नाममा दर्ता भएको कम्पनीले विदेशमा उत्पादित सेनिटरी प्याडमा १ प्रतिशत भन्सार तिरेर सामान भित्र्याउँदा नेपाली उत्पादनलाई १५ प्रतिशत कर लगाएर लोकतन्त्रको फाइदा खान दिने क्रान्तिकारी जनार्दन शर्मा थिए । देशको अर्थतन्त्र यसरी तहसनहस पार्ने डा.युवराज खतिवडा जनार्दन शर्मा छँदै थिए । कांग्रेसका अर्थमन्त्री पनि भ्रष्टाचारबाट अछुत छैनन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *