विचौलियाको इशारामा चल्न कर्मचारी बाध्य

राजनीति समाचार

काठमाडौं । विभागीय जिम्मेवारीका विषयमा प्रधानमन्त्री कार्यालयमा प्रस्तुती दिइरहेकै समयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकबाट गजेन्द्र ठाकुर सरुवामा परे । एकातिर दशै,तिहार लगायत चाडपर्वको मुखैमा गजेन्द्र ठाकुरको सरुवालाई चिनी,सुपारी लगायतका खाद्य बस्तुमा भइरहेको अवैद्य व्यापारसँग जोडेर हेर्न थालिएको छ । ठाकुरले चिनी लगायतका खाद्य बस्तुको कालोबजारीको अवैद्य व्यापारमा अंकुश लगाउन खोजेका थिए ।

त्यही चाल पाएपछि काला व्यापारीहरुले उनको सरुवा गरेको रुपमा जोडेर हेर्न थालिएको छ । उसो त विभागका हाकिमहरुभन्दा त्यहाँका कर्मचारीहरु बलिया छन् भन्ने यस अघि पनि देखिएकै हो । विभाग स्रोतले दिएको जानकारी अनुसार महानिर्देशक ठाकुरको यो योजना व्यापारीहरुसम्म पु¥याएर विभागकै केही निर्देशकहरुले ठाकुरको सरुवा गराएका हुन । बाणिज्य आपुर्ती तथा उपभोक्ता हित संरक्षण विभागतिर । त्यहाँ पछिल्ला ३० महिनामा ५ जना महानिर्देशक परिवर्तन भइसकेका छन् ।

०७८ मंसिर ५ मा प्रेमकुमार श्रेष्ठ कार्यरत थिए । उनी चैत २५ मै सरुवामा परे । उनी पछि ०७८ चैत २८ मा लिलाप्रसाद शर्मा हाजिर हुन पुगे । उनी पनि०७९ भदौ २२ मा सरुवामा परे । त्यसपछि २०७९ भदौ २७ मा महेश भट्टराई हाजिर हुन पुगेका थिए । बजार अनुगमन तिव्र पादै गर्दा व्यापारी तथा विचौलियाको बलमा भदौ १४ गते सरुवा भए । अहिले तीर्थ चिलुवाललाई लगिएको छ । उद्योगका कर्मचारी सरुवामा रामचन्द्र भट्ट ‘चन्दने’ हावी हुने गरेको उद्योग मन्त्रालयले स्रोतले तामाकोशी सन्देशलाई जनाएको छ ।

उक्त स्रोतका अनुसार सुपारी तस्करी खुलाउनका लागि विभागका डिजी पाँचै महिनामा त्यहाँबाट फालिएका हुन र सेटिङमा चिलुवाललाई विभागमा लगिएको बताइएको छ । उता कम्पनी रजिष्ट्रारको कार्यालयमा उद्योग सचिव मुकुन्द निरौलाले भान्जा नाता पर्ने दिवस आचार्यलाई रजिष्ट्रारको जिम्मेवारी दिएर लगिएको छ । त्यहाँका डबल डिग्रिवाला हाकिम महेश वराललाई राष्ट्रिय सूचना आयोगमा खेदिएको छ ।

यसरी विचौलियाहरु र तल्ला तहका कर्मचारीहरुले व्यापारी र दलालसँगको मिलेमतोमा हाकिमहरुको सरुवा गरेको उदाहरण यो मात्र होइन । यही निजामती वृत्तमा विचौलिया र व्यापारीको स्वार्थ नमिल्दा सातामै तीन पटक सरुवा भएको उदारहण पनि देखिन्छ । कोही सहसचिव एउटै अड्डामा नौ बर्षसम्म टिकेको छ,हाकिम भएर । अनि कोही तीन महिनामै किन र के कारण खेदिन्छ ?व्यापारी,दलाल,विचौलियाहरुप्रति अलि आक्रामक ढंगले काम गर्ने खोज्ने हाकिमहरु किन छिटो छिटो फालिन्छन् ? तिनलाई ६ महिना पनि कुनै निकायमा किन टिक्न दिइदैंन ? अनि के त्यस्तो चमत्कार गरेर एउटै विभागमा कोही हाकिम ९ बर्षसम्म टिक्न सफल हुन्छ ?

अहिले अवकाशको जीवन बिताइरहेका रुपनारायण भट्टराई यस्ता पात्र हुन जो साता दिनमा तीन पटक सरुवामा परे । यातायातको सिण्डिकेटविरुद्ध उग्र रुपमा प्रस्तुत भएका यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक भट्टराईलाई विचौलिया तथा व्यापारीहरुको बलमा त्यहाँबाट खेदेर संघीय मामिला तथा सामान्य प्रशासन हुँदै भौतिक पूर्वाधार मन्त्रालयबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको थियो ।

यातायात व्यवस्था विभागमा पछिल्ला चरणमा हाकिमहरु नै टिक्दैनन्, ०७९ साल असार ३० गते सहसचिव सुरेश राउत डिजी भएर गए दुई महिना अर्थात भदौ १९ मै सरुवामा परे । त्यसपछि त्यहाँ ०७९ भदौ २० गते टोकराज पाण्डे कार्यरत थिए । उनी पनि चार महिनामै खेदिए माघ २४ गते सरुवा भएका उनी अहिले निजामती किताबखानाका हाकिम छन् । पाण्डे पछि सो विभागको कमाण्डर बनेर गए ०७९ माघ २५ गते तुलसीनाथ गौतम । उनी महिना दिन पनि टिकेनन् फागुन १४ गतेमै सरुवामा परे ।

त्यस पछि नारायण प्रसाद भट्टराई जिम्मेवारी सम्हाल्न पुगेका थिए । उनी गृह सचिव दिनेश भट्टराईसँग भट्टराईको साइनो जोडेर गृहमा पुगेसँगै अघिल्लो सातामात्र उद्धवप्रसाद रिजाल जिम्मेवारी सम्हाल्न पुगेका छन् । राजश्व अनुसन्धान विभागमा हुँदा नेपाल इन्भेष्टमेन्ट बैंकको ९ अर्ब राजश्व छलीविरुद्ध अनुसन्धान गरिरहेका सहसचिव मदन दाहाललाई त्यहाँबाट हुत्याएर श्रम मन्त्रालय हुँदै अहिले वैदेशिक रोजगार विभाग ताहाचलतिर खेदिएको छ । सहकारी विभागमा पछिल्ला १७ महिनामा चार जना हाकिम फेरिएका छन् । ०७८ कार्तिक ८ गते झलकराम अधिकारी त्यहाँ थिए । बदमासीमा मुछिए र तानिए सामान्यमा । चैत १ गते सरुवा भए २०७८ चैत २ मा रुद्रप्रसाद पण्डित २०७९ माघ २२ मा सरुवा र २०७९ माघ २६ गते नमराज घिमिरे विभागको महानिर्देशकको कुर्सीमा छन् । यस्ता उदाहरण हरेक विभागहरुमा भेट्न सकिन्छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *