करोडौंको मोलमोलाइसँगै भौतिकमा कर्मचारी सरुवा

राजनीति समाचार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले गत भदौ २६ गते ६१ जना सुई र डीईहरुको सरुवा गरेका छन् । सो सरुवामा अर्बौं रुपैयाँको चलखेल भएको समाचार स्रोतको भनाइ छ । काठमाडौं सडक डिभिजन कार्यालय करिब १ अर्ब ५० लाख बजेट भएको कार्यालयमा गनिन्छ । उक्त सडक डिभिजन कार्यालय अन्तर्गत ललितपुर र भक्तपुर पनि पर्दछन् । १ अर्ब ५० लाखभन्दा बढी बजेट भएको सडक डिभिजन कार्यालयमा डिभिजन प्रमुख भएर आउनको लागि नायारायणदत्त भण्डारी र सुवोध देवकोटाको होडवाजी चलेको थियो ।

तर बाजी भने नारायणदत्त भण्डारीले मारेका छन् । भण्डारीले आफू डिभिजन प्रमुख हुन १ रोड रुपैयाँ बुझाएरको बताइन्छ । उता देवकोटा अर्थमन्त्री डा. प्रकाशशरण महतको गृह जिल्ला नुवाकोटको डिभिजन प्रमुख भएर गएका छन् । उनले पनि करिव ५० लाख रुपैयाँ खर्च गरेको बताइन्छ । तर, सत्तासाझेदार दल कांग्रेस निकट कर्मचारी नेता भएका र तत्कालीन आधिकारिक ट्रेड युनियनको महासचिव भएको कारणले पनि मन्त्रीले अपेक्षा गरेअनुसारको पैसा नबुझाएको बताइन्छ । त्यस्तै पोखराको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयमा जनको लागि शुभराज न्यौपानेले पनि ५० लाख बुझाएको बताइन्छ ।

उता झापा क्षेत्रीय सडक डिभिजन कार्यालयमा विनोद मोवारले पनि ५० लाख बुझाएर गएको अवस्था छ । मध्यपहाडी लोकमार्ग आयोजनामा कुवेर नेपालीले बाजी मारेका छन् । नेपालीले पनि ५० लाख रुपैयाँ बझुाएर गएको बताइन्छ । त्यसैगरी हुलाकी राजमार्ग आयोजनामा अजय मूलले पनि ५० लाख खर्च गरेका छन् । उत्तर–दक्षिण राजमार्ग आयोजनामा पनि प्रेम खत्रीले ५० लाख रुपैयाँ बुझाएर गएको बताइन्छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सूर्खेतमा जानको लागि श्याम खड्काले पनि ५० लाख खर्च गरेका छन् । त्यस्तै संघीय पुल महाशाखामा जानको लागि ललितजंग खनालले ५० खर्च गरेको बताइन्छ ।

विराटनगर डिभिजन कार्यालयमा जानको लागि राजेन्द्रश शाहले पनि ५० लाख खर्च गरेका छन् । उता बुटवल डिभिजन कार्यालयमा जानको लागि विष्णुदास लामाले ५० लाख खर्च गरेको अवस्था छ । त्यसैगरी सूर्खेतकै क्षेत्रीय डिभिजन कार्यालयमा निमित्त प्रमुख भएर जानको लागि शुभराज भण्डारीले २५ लाख रुपैयाँ बुझाएका छन् । हुलाकी राजमार्ग आयोजना अन्तर्गत पर्ने नेपालगञ्ज कार्यालयमा जानको लागि लिला भण्डारीले ५० लाख रुपैयाँ बुझाएको स्रोतको भनाइ छ । रौतहटको चन्द्रनिगाहपुर संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयमा जानको लागि दीपेन्द्र पाण्डेले पनि ५० लाख रुपैयाँ बुझाएको अनुमान छ ।

त्यस्तै हुलाकी राजमार्ग धनगढी कार्यालयमा जानको लागि पारस हमालले ५० लाख बुझाएको बताइन्छ । यसरी भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ६१ जना कर्मचारी सुरुवा गर्दा अर्बौं रुपैयाँको चलखेल गरेका छन् । हुन त चलखेल पनि किन नगरुन् । एमालेबाट फुटेर एकीकृत समाजवादी पार्टी बनेपछि पार्टी चलाउन पनि मोटै रकम चाहिन्छ । पैसा नभइ पार्टी र नेताहरु पनि चल्दैनन् । ज्वाला मालदार मन्त्री बनिसकेपछि आफूले पनि कमाउनै प¥यो ।

त्यसैगरी भविष्यको चुनाव खर्च पनि उठाउनै प¥यो । त्यसकारण पनि भौतिक, पूर्वाधार तथा यातायातमन्त्रीले अहिले ६१ जना कर्मचारी सरुवा गर्दा करोडौं उठाउन सफल भएका छन् । तर, त्यसरी पैसा खर्च गरेर मालदार ठाउँमा जाने कर्मचारीहरुले आफ्नो लागत उठाउन थाल्छन् कि विकास निर्माणको काम गर्न थाल्छन् त्यो भने भविष्यले बताउने छ । तर, कतिपय निर्माण व्यवसायीले गत आ.व.को भुक्तानीसमेत पाएका छैनन् भने आगामी दिनमा विकास निर्माणमा हुने खर्च कहाँबाट ल्याउने हो त्यो पनि एकिन छैन । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *