गृहमन्त्री नारायणकाजी कि सुशान्त बज्राचार्य ?

राजनीति समाचार

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठ जति चर्चामा आएका छन् । त्यत्तिकै उनको बदनाम पनि सुरु हुन थालेको छ । अहिले गृहमन्त्रालयले गरेको कामको सत्तागठबन्धन दल नेपाली कांग्रेस प्रतिक्षपी दल नेकपा एमालेले विरोध गरिरहेका छन् । त्यो विरोधसँगै गृहमन्त्री नाराणकाजी श्रेष्ठ पनि विस्तारै सेलाउन थालेका छन् । गृह मन्त्रालयमा मन्त्री श्रेष्ठकी सहयोगी सुशान्त बज्राचार्यको हालीमुहाली चल्ने गरेको बताइन्छ । बज्राचार्यकै आदेश बमोजिम गृहमन्त्री चल्ने गरेको आरोप पनि छ ।

उता गृहमन्त्रीका स्वकीय सचिव उनकै भतिज सुरेश काजी श्रेष्ठ र अर्का सुमन आचार्य रहेका छन् । स्वकीय सचिव भनेर राखिएका यी दुवैको सहयोग भने गृहमन्त्री श्रेष्ठले लिने गरेका छैनन् । गृहमन्त्री श्रेष्ठले अधिकांश सल्लाह सुशान्त बज्राचार्यकै लिने गरेको बताइन्छ । गृहमन्त्री श्रेष्ठका अर्का स्वकीय सचिव छन् विजय गौतम । मन्त्रालयबाट हुने कर्मचारी सुरुवा बढुवादेखि अन्य कामहरु विजय गौतम र सुशान्त बज्राचार्यको सरसल्लाह बमोजिम हुने गरेको बताइन्छ ।

तर, गृहमन्त्री भने प्रायःजसो मन्त्रालय आउने गरेका छैनन् । मन्त्री श्रेष्ठ अधिकांश समय पार्टी राजनीति र कुटनीतिक भेटघाटमै बिताउने गर्दछन् । अर्का छन् वेधनिधि खनाल, उनी कर्मचारी प्रशासन हेर्ने गर्दछन् । खनालले विभिन्न सिडियो सरुवादेखि अन्य कामको व्यवस्था मिलाउने गर्दै आएका छन् । गृहसचिव दिनेश भट्टराई र गृहमन्त्री श्रेष्ठको त्यतिराम्रो सम्वन्ध नभएको बताइन्छ ।

मन्त्री, स्वकीय सविच र कर्मचारीबीचको द्वन्द्वले पनि गृहमन्त्री श्रेष्ठ अप्ठ्यारोमा पर्दै गएका छन् । गृहमा कर्मचारी वर्ग एकातिर छ भने राजनीतिक शक्तिकेन्द्र अर्कोतिर । गृहमन्त्रालयभित्रका अधिकांश कामहरु गृहमन्त्रीका सहयोगी सुशान्त बज्राचार्यले गर्ने गरेको स्रोतको भनाइ छ । गृहमन्त्रीले जति चर्चा कर्माएका थिए अहिले सबैतिरबाट खेदिँदै गएका छन् । गृहमन्त्री र गृहसचिवबीच समन्वयकारी भूमिका नहुँदा पनि यस्तो स्थिति सिर्जना भएको भनिन्छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *