कर्मचारी भित्र दुई नेताको मस्ती

राजनीति समाचार

काठमाडौं । कर्मचारीभित्र यतिबेला सरुवाको लागि मारामार चलिरहेको छ । कर्मचारीहरुले सरुवाको लागि राजनीतिक दल निकट कर्मचारी संघ, संगठनका नेताहरुलाई हारगुहार गरिराखेका छन् । कांग्रेस निकट कर्मचारीहरुले युनियनका अध्यक्ष गोपाल पोखरेलसँग हारगुहार गरेका छन् । गोपाल पोखरेल पनि आफू कार्यरत मन्त्रालयमा काजमा कर्मचारी भर्ना गरेर आफू राजनीति गर्न व्यस्त रहेका छन् । पोखरेलले काजमा ल्याएका कर्मचारीहरुबाट कमिसन खाएका छन् ।

त्यति मात्रै होइन, उनी नेता भएकै कारणले पनि कमिसन दिने कर्मचारीलाई मालदार ठाउँमा पठाउने गरेका छन् । उनले कमिसन नदिने कर्मचारीलाई वास्ता गर्ने गरेका छैनन् । गोपाल पोखरेलले वास्ता नगरेपछि कांग्रेस निकट कर्मचारीहरु पनि एमाले निकट कर्मचारी नेताहरुसँग सरुवाको लागि हारगुहार गरिरहेका छन् । नेकपा एमाले निकट कर्मचारी संगठनका अध्यक्ष रहेका छन् लेखनाथ कोइराला । कोइराला पनि आफू राजनीति गर्ने र आफ्नो कार्यालयमा काजमा कर्मचारी भर्ना गरेर कमिसन खाने गर्दै आएका छन् ।

कोइरालाको यो धन्दा पनि विगत लामो समयदेखि चल्दै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत पर्ने ठूलो बजेट भएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकू हो । कोइराला त्यहाँ बस्दा पनि काजमा कर्मचारी भर्ना गरेर कमिसन खाने गर्दै आएका थिए । काम गर्न नभ्याएपछि उनले काजमा कर्मचारी ल्याउने परिपाटी चलाउँदै आएका छन् । यसरी काजमा कर्मचारी भर्ना गर्दा पनि उनीहरुबाट कमिसन खाने गर्दै आएका छन् । आफू कर्मचारी नेता भएको कारणले देश दौडामा हिड्नुपर्ने र मालदार ठाउँमा आफ्ना आसेपासेलाई राखेर कमिसन खाने गर्दै आएका छन् । अहिले उनी टेकुबाट सरुवा भएर सिभिल अस्पताल बानेश्वर पुगेका छन् ।

त्यहाँ पनि उनले स्थायी कर्मचारी हुँदाहुँदै अन्यत्रबाट काजमा आफ्ना सासेपासे भर्ना गरेर नयाँ धन्दा चलाइरहेका छन् । कर्मचारी सरुवाको बेला भएको छ । आफूलाई राम्रो ठाउँमा सरुवा गरिदिनुप¥यो भनेर उनलाई भेट्न आउने कर्मचारीको ताँती लागेको छ । कोइराला भने ‘हुन्छ म गर्दैछु’ भन्दै मोटो रकम कमिसन दिन सक्ने कर्मचारी सरुवाको लागि खोजी गरिरहेका छन् । तर, उनले मालदार ठाउँमा सरुवा गरेका कर्मचारीहरुले पनि उल्टै कोइरालालाई असहयोग गरेका छन् । अहिले अधिकांश स्थानीय तहमा एमाले निकट कर्मचारी भरिभराउ छन् । तर, जनप्रतिनिधि भने धेरैजसो नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादीका छन् । कार्यकारी अधिकृत एमाले निकटका बढी छन् ।

जनप्रतिनिधि र कर्मचारीबीच राजनीतिक आग्रहपूर्वाग्रह हुँदा स्थानीय विकास निर्माणदेखि सर्वसाधरणको काम अलपत्र पर्ने गरेको गुनासो आइरहेको छ । लेखनाथ कोइरालाले एमालेको नाममा कति कमाउँछन् भनेर कर्मचारीहरले नै प्रश्न गर्न थालेका छन् । हुन पनि कोइराला जहाँ बस्दा पनि ठूलो बजेट चलखेल हुने ठाउँमा लेखा शाखा प्रमुख हुँदै आउने गरेका छन् । कोइरालाले शान्ति मन्त्रालय अन्तर्गत पर्ने लेखा शाखामा बसेर अकुत कमाएको भनाइ छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *