वाणिज्य बैंकले कमाए साढे ८ अर्ब नाफाः पहिलोमा ग्लोबल आइएमई

अर्थ/वाणिज्य समाचार

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मै वाणिज्य बैंकहरुले साढे ८ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो महिना (साउनमा) सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले८ अर्ब ५२ करोड ४९ लाख रुपैयाँ बढी नाफा कमाएका हुन् ।

राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार सबैभन्दा धेरै नाफा ग्लोबल आइएमई बैङ्कले कमाएको छ । ग्लोबल आइएमईले एक महिनामै ९९ करोड २३ लाख रुपैयाँ नाफा कमाएको हो । त्यस्तै, दोस्रोमा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । नबिल बैंकले एक महिनामा ७५ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । बैंकले ७४ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यस्तै, धेरै नाफा कमाउनेको चौथो स्थानमा भने हिमालयन बैंक रहेको छ । बैंकले यो अवधिमा ६३ करोड १२ लाख रुपैयाँ नाफा कमाएको छ । साथै, कुमारी बैंकले ५७ करोड ७१ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ४४ करोड ७० लाख रुपैयाँ, प्राइम कमर्सियलले ४२ करोड ४८ लाख, लक्ष्मी सनराइज बैंकले ४१ करोड ५४ लाख, एनएमबि बैंकले ३८ करोड ३१ लाख, एभरेष्ट बैंकले ३६ करोड ७६ लाख, नेपाल बैंकले ३६ करोड ४ लाख र कृषि विकास बैंकले ३३ करोड १६ लाख रुपैयाँ नाफा कमाएका छन् ।

यस्तै, एक महिनाको अवधिमा प्रभु बैंकले २९ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको छ । भने यो अवधिमा सिद्धार्थ बैंकले २९ करोड ९६ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २६ करोड ७८ लाख, सानिमा बैंकले २५ करोड १९ लाख रुपैयाँ, सिटिजन बैंकले २४ करोड ७६ लाख नाफा कमाएका छन् । यो अवधिमा सबैभन्दा कम नाफा कमाउनेमा भने नेपाल एसबीआई बैंक रहेको छ । यो बैंकले एक महिनामा १६ करोड ५ लाख रुपैयाँ मात्र नाफा कमाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *