शर्मा र पौडेलद्वारा डा.शेखर बहिष्कार

राजनीति समाचार

काठमाडौं । पार्टीको नीति र सिद्धान्तको बारेमा छलफल गर्न मंसिरमा अधिवेशन गर्ने तयारी गरिरहेको नेपाली कांग्रेस डा.शेखर समूह आफ्नो गुट बलियो बनाउन जुर्मुराएको छ । डा.शेखरलाई उनकै परिवारको साथ छैन । सुजाता प्रकाशमानको टिममा उपसभापतिको उम्मेद्वार बन्नु नै परिवारका बिचमा एकता छैन भन्ने हो । भाइ डा.शशांक कोइराला विपी पुत्रको नामले कार्यकर्ताले माया गर्नेमा परेपनि उनले मुलुकमा देखिएका समस्यामा स्पष्ट धारणा प्रस्तुत गर्न नसक्नेमा पर्छन ।

अहिले डा.शेखर समूहलाई आफ्नो टिमको नाडी छाम्ने अभियान चलाउन भ्याई नभ्याई छ । गत हप्तादेखि यो समूह बालुवाटारको हवेलीमा समूहगत छलफलमा छ । त्यो छलफलमा महंगी, भ्रष्टाचार, बेथितिको बारेमा कसैले कुरा उठाएका छैनन् । बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा महामन्त्रीकै प्रत्यासी प्रदीप पौडेललाई पनि बोलाइएको भएपनि गुटको भेला उनीहरुले बहिष्कार गरेका छन् । संस्थापन पक्षका सभापति, उपसभापति, सहमहामन्त्रीको टिम पदाधिकारी बहुमत भएको कारण डा.शेखर समूहलाई संस्थापनले महत्व दिएको छैन ।

कोइराला वंशबाट पार्टी नेतृत्व फिर्ता गर्न सफल शेरबहादुर देउवाको टिम नै कांग्रेसमा बलियो छ । देउवासँग प्रतिस्पर्धा गर्दा कोइराला परिवार एक भएको अवस्थामा देउवालाई अप्ठेरो पार्ने हो । १४औं महाधिवेशनमा गणेशमान पुत्र प्रकाशमान सिंह, महेन्द्र नारायण निधि पुत्र विमलेन्द्र निधि बिचमा समेत मेल थिएन । देउवाको रिस थियो भने निधि र सिंहले कोइरालालाई सघाउनु पथ्र्याे । तर दुबै देउवाकै पछि लागे । सिंहले देउवासँगको सम्बन्ध त्याग्नुको कारण सुजातालाई परराष्ट्रमन्त्री बनाउन सहयोग गरेको भन्ने हो । तर निधिको राजनीतिक उचाई भने देउवाकै कारण उठेको देखिन्छ ।

१५औं महाधिवेशन आउन ३ वर्ष पुरै बाँकी छ । पार्टीले महासमिति बैठक राखेको छैन । मंसिरमा नीति अधिवेशन गर्ने समय तोकेपनि दिन तोकिएको छ । यो बेला डा.शशांक कोइराला सभापति पदमा लड्ने भन्दै देश दौडाहमा जाने बताउँदा किन हतार गरेको भनेर बोल्ने डा.शेखर नै भए । डा.शशांकको हुक्के कोही देखिएन । डा.शेखरलाई सहयोग गरेबापत गगन थापाले आफु कल्पनाको प्रधानमन्त्री पदको पासो थापेका छन् । त्यहीकारण विश्वप्रकाश शर्मा र प्रदीप पौडेलहरुले डा.शेखर समूहको गुट भेला बहिष्कार गरेका हुन् । भ्रष्टाचारसम्बन्धी यो टिम पनि स्पष्टसँग बोलेको छैन । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *