ब्युरोक्रेसीभित्र कर्मचारी नेताहरुको आतंक

राजनीति समाचार

काठमाडौं । भनिन्छ नेपाली उखानमा ‘कोही आए हरि, कोही आए बुहारी’ त्यस्तै हालत भएको छ कर्मचारी ब्यूरोभित्र । कुनै कर्मचारी आफूले जागिर खाएको कार्यालय सुधार्न भनेर लागि पर्दछन् । आफु कार्यरत रहेको कार्यालयको गरिमा बढाउन पनि मरिमेट्ने गर्दछन् । कतिपय कर्मचारीहरु भने कसरी हुन्छ कमाउने र रमाउनेमा व्यस्त रहने गरेका छन् ।

उदाहरणको लागि कम्पनी रजिष्ट्रार कार्यालयमा रजिष्ट्रार भएर महेश्वर बराल आएपछि आगामी असोज १५ गतेबाट कम्पनीसम्बन्धी काम छिटोछरितो र बिना घुस निष्पक्ष ढंगले गर्ने वातावरण बनाइरहँदा उनी सरुवामा परेका छन् । नेपाली कांग्रेस निकट कर्मचारी संघका अध्यक्ष गोपाल पोखरेल नजिकका कर्मचारीहरुले कम्पनी रजिष्ट्रार कार्यालयमा भाडभैलो मच्चाएका छन् । कम्पनी रजिष्ट्रारमा भाँडभैलो मच्चाउनेमा श्रीराम पौडेल र अनुज खड्का रहेका छन् ।

पौडेल र खड्को मिलेमतोमा कम्पनी रजिष्ट्रारमा कार्यरत कर्मचारी कमल निरौलालाई समेत सरुवा गर्न सफल भएका छन् । यिनीहरु सत्ता साझेदार दल कांग्रेस निकट कर्मचारी भएकै कारण निरौलालाई मालदार ठाउँ कम्पनी रजिष्ट्रारबाट सञ्चार मन्त्रालयमा पु¥याका छन् । त्यस्तै उद्योग मन्त्रालयका सचिव मुकुन्द निरौलाका भान्जा दीपेश आचार्यलाई कम्पनी रजिष्ट्रारमा पठाउन खोज्दा उनी नजाने भएका छन् । अब कम्पनी रजिष्ट्रारमा कसले बाजी मार्ने हो त्यो भने एकिन भइसकेको छैन ।

कर्मचारी युनियनका नेताहरुले गर्दा राम्रा काम गर्न चाहने कर्मचारीलाई काम गर्ने वातावरण दिने गरेका छैनन् । अधिकांश कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र मधेसवादी दल निकटका कर्मचारी संगठनका नेताहरुले योग्य र इमानदार कर्मचारीलाई पनि काम गर्न दिएको अवस्था छैन । एमाले निकट कर्मचारी संगठनका नेताहरुले त झन् कर्मचारीबीच आतंक मच्चाएका छन् । कर्मचारीबीच आतंक मच्चाउने एमाले निकट कर्मचारी नेता लेखनाथ कोइराला, रेवन्त गौतम, रामचन्द्र अधिकारी, जीवन काफ्लेलगायत छन् ।

यी कर्मचारी नेताहरुले जिन्दगीमा कहिल्यै आफ्नो कार्यकक्षमा बसेर काम गरेको त पाइँदैन नै उल्टै काम गर्न खोज्ने इमानदार कर्मचारीलाई वाधा पार्ने, चन्दा असुल्ने भन्दा अर्को काम गरेको पाइँदैन । त्यस्तै अर्का आफूलाई ठूलो नेता भन्ने चतुर खेलाडी भोला पोखरेल छन् । उनी छेपारोले रङ्ग फेरे झैं एमाले नेता फेरिरहने व्यक्ति हुन् । पोखरेल कहिले माधव नेपालको गुटमा हुन्थे भने अहिले एमाले अध्यक्ष केपी ओली गुटमा रजाइँ गरिरहेका छन् । त्यति मात्रै होइन, पोखरेल अहिले आधिकारिक ट्रेडयुनियनको कावा अध्यक्षसँगै पेशागत महासंघको उपाध्यक्षसमेत रहेका छन् । पोखरेलको फूर्ती हेर्ने हो भने कहालिलाग्दो छ ।

उनी अधिकांश संगठन निर्माणको नाममा पैस उठाउने आफू मालामाल हुने गरेका छन् । त्यस्तै कांग्रेस निकट कर्मचारी नेताहरुको कुरै नगरौं । उनीहरु अनियमितता, अत्याचार र भ्रष्टाचार गर्नेमा लिप्त छन् । कर्मचारी नेताहरुकै कारणले कर्मचारीबीच कांग्रेस पार्टी बद्नाम हुँदै गएको छ । यो रोग अहिले अन्य दल निकट कर्मचारीमा पनि सर्दै गएको छ । त्यसमा पनि सरकारको नेतृत्व गरेको पार्टी माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठनलाई यो रोगले ग्रस्त बनाएको छ । चाडवाड नजिकिएसँगै विभिन्न दल निकट कर्मचारी संघ, संगठनका नेताहरुको चलखेल बढ्दै गएको छ ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *