खाँडलाई भेट्दा शेखर दंग

राजनीति समाचार

काठमाडौं । पार्टी सरकारमा हुँदा आन्तरिक प्रतिपक्ष तर आफ्नै टिमका गगन थापाको बाख्रा काण्ड, धनराजको रातो पासपोर्ट काण्ड देखेको नदेखै, सुनेको नसुनेझैं गर्ने डा. शेखर कोइरालाले जेलमा बालकृष्ण खाँड र बालकोटामा केपी ओलीलाई भेटेपछि मख्ख पर्न थालेका छन् । डा.शेखरलाई कांग्रेसको नेतृत्वमा सरकार बनाउन रहर थियो ।

डा.आरजुलाई देशमा भ्रष्टाचार गराउनु थियो भने कांग्रेसले एक्लै चुनावमा लैजान सक्नुपथ्र्याे । चुनावपछि भारतलाई भनेर कांग्रेस, राप्रपा, रास्वपा मिलाएर सरकार बनाउन कसले छेक्यो ? जबकी कांग्रेसँग महन्थ ठाकुरको लोसपा थियो । कांग्रेस ८७, रास्वपा २१, राप्रपा १४, लोसपा ४ गरी १२६ सिट थियो । १२ सिटको लागि जसपा पनि जोडिन्थ्यो । प्रतिगामी र कांग्रेस मिलेकै थिए । जुनबेला विचार पु¥याउनुपथ्र्याे त्यो बेला चासो नदिने आफु प्रधानमन्त्री बन्न नपाएपछि हरुवा संसदीय दलको नेता बन्न गगनले रोकेपछि थन्किएका डा.शेखरलाई १३ दिने कोइरालाहरुले साथ दिएका छैनन् । संसदीय दलमा बहुमत, केन्द्रीय समितिमा बहुमत भएको बेला शेरबहादुरले साथ दिएका थिएनन् ।

प्रधानमन्त्री भएका बेला शेरबहादुरले गर्ने भनेको प्रशासनिक हस्तक्षेप मात्र हो । डा.आरजुको कञ्चनपुरको जग्गा जोडाई र घर मर्मतको लागि प्रदेश सरकारबाट १२ लाख ५० हजार राज्यस्रोतबाट लिँदा लाज भएन । यो लुटको बारेमा डा.शेखर बोल्दैनन् । पार्टीको १४औं महाधिवेशनमा शेखरलाई सहयोग गर्न रामचन्द्र पौडेल पनि अग्रसर भएनन् । सुजाता र शशांकले साथ नदिएको संसारले सबैलाई थाहा छ । यस्तो अवस्थामा शेखरको राजनीति कसरी सफल हुन्छ ।

बालकृष्ण खाँडकी श्रीमती मञ्जु खाँडले डा.आरजु प्रयोग गरेर देउवाको शासनमा नेपाली युवालाई नक्कली भुटानी बनाउँदा कानून थिएन ? प्रचण्ड सरकारबाट हटेर डा.शेखर नै गृहमन्त्री भए भने पनि बालकृष्ण खाँड जेलबाट छुट्न कठिन छ । प्रचण्ड नेतृत्वको कांग्रेस सहभागी खिचडी सरकारलाई विदेशी दबाब हुँदैनथ्यो भने शरणार्थी काण्ड ओझेलमा पथ्र्यो । पैसा खाने त डा.आरजु, मञ्जु थिए । के यस्ता कुरा डा.शेखरजस्ता चतुर नेताले थाहा नपाएका हुन् ?

पार्टीले सरकारको नेतृत्व लियो कि त सुजाताजस्ता भ्रष्टको हालीमुहाली चल्ने गरेको छ । परराष्ट्र मन्त्रालयबाटै हजारौं पासपोर्ट रुवेल चौधरी मात्र बंगलादेशका नागरिकलाई बेचेको समयमा पनि डा.शेखर सांसद थिए । तर उनले कोइराला परिवारको लुट देखेनन् । मौकामा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बनेर खाएका कारण शेखर यो बेला नैतिकवान र निष्कलंक भएका हुन् । गिरिजाप्रसाद कोइराला प्रम भएका बेला स्व.नोना कोइरालासँग सुजाताको झगडा भएकै हो ।

सुजाताले स्व.शैलजा आचार्यसँग पनि लुछाचुडी गरेकै थिइन । कांग्रेसलाई सुधार्न प्रचण्ड सरकारबाट हटाउनु एकमात्र विकल्प भए एमालेसँग मिलेर डा.शेखरले सरकार ढाले हुन्छ । किनकि यो सरकार ढाल्न केपी तयार छन् । केपीको लुटमा परेका एक दर्जन काण्ड ढिसमिस पार्न पनि एमालेको जोड छ । अहिले ढिसमिस पारेपनि शरणार्थी काण्डजस्तै ओम्नी, यति, गिरीबन्धु काण्ड त दब्नेवाला छैन । यो सत्य शेखरले नबुझ्दा देशमा राजनीतिक अस्थिरता भएको हो ।
(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *