अकुत सम्पत्तिमा फस्दै पूर्व अध्यक्ष देवकोटा

राजनीति समाचार

काठमाडौं । सामान्य अधिकृतस्तरका कर्मचारीको आम्दानी वर्तमान तलबमान अनुसार हातमा पर्ने ४३, ६६८ मात्र हो । यो तलबले राजधानीमा जीवनयापन गर्न धौं धौं पर्दछ तर । यही स्केलमा तलब बुझ्ने एक जना अधिकृतस्तरका कर्मचारीले एकै पटक भक्तपुर र सिन्धुलीमा बंगलामात्र ठडाएका छैनन् ।

करोडौं खर्चेर छोरालाई इञ्जिनियर र छोरीलाई डाक्टर पठाएका छन् । छोरीको विवाह गर्दा भक्तपुर गठ्ठाघरस्थित जर्मन होम्स पार्टी प्यालेसमा २९ लाख खर्चेर पार्टी दिएका छन्,यो सबै सम्पत्ति कहाँबाट आउँछ ? इमान्दारिताको कमाईले यो सम्भव हुन्छ ? पाँच बर्ष लामो समय अर्थ मन्त्रालयबाट हालैमात्र बूढानिलकण्ठ नगरपालिकाको लेखा अधिकृतको रुपमा सरुवा भएका उनै देवकोटाको ऐयासी र विलासी जीवनशैलीपछि केही कर्मचारीहरु उनीमाथि अकुत आर्जनको उजुरी बोकेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेका छन् ।

०५०÷०५२ सालमा निजामती सेवामा रहँदा देवकोटा जिल्ला प्राविधिक कार्यालय सिन्धुलीको सहलेखापाल थिए । सोही कार्यालयबाट भ्रष्टाचार गरी सिन्धुलीको ढुंग्रेबासमा ६ कठ्ठा जमिन खरिद गरेको एमालेकै कर्मचारीहरुको आरोप छ । यस्तै देवकोटामाथि नेपाल निजामती कर्मचारी संगठनको अध्यक्ष हुँदा बबरमहलमा नेपाल निजामती कर्मचारी संगठनको भवन निर्माण गर्दा सात करोड भवन निर्माण देखाइ अनियमितता गरेको, नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कोषाध्यक्ष हुँदा देशभरका कर्मचारीहरुबाट सरुवा गर्ने क्रममा लाखौं रुपैंया रकम असुली गर्दै सरुवा मिलाउने गरेको आरोप कर्मचारीहरुले लगाउने गरेका छन् ।

०७५ को कर्मचारी समायोजन हुँदा सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा खटाइएको भए पनि चार बर्षसम्म दुर्गममा दरबन्दी राखेर सुगम (अर्थ मन्त्रालयमैं) कार्यरत रहेको । सोही समयमा कोटेश्वरमा मोटरसाइकलमा घाइते भइ,झूठा कागजात विवरण तयार पारी उपचार रकमभन्दा बढी मागदावी गर्दै मेडिकल बोर्डको सिफारिसमा अर्थ मन्त्रालयबाट सात लाख सोधभर्ना लिएको । मानसिक सन्तुलन ठीक नभएको मेडिकल वोर्डको सिफारिस बनाइ सामान्य प्रशासन मन्त्रालयमा पेश गरेको ।

जागिरे जीवनभर आकर्षक कार्यालयहरु मालपोत,यातायात,विभिन्न प्रोजेक्ट,अर्थ मन्त्रालयमा लेखापाल भइ काम गर्दा काठमाडौं उपत्यका नछोडेको देवकोटाले ०७५ सालमा कर्मचारी समायोजनको क्रममा कर्मचारीहरुसँग माग गरेको स्थानमा समायोजन गरेवापत करोडौं रुपैंया संकलन गरेको बताइएको छ । पाँच बर्षसम्म निजामती कर्मचारी संगठन चलाएर बाहिरिँदा बोलकबोलमा १ लाख बुझाउनेले केन्द्रीय सदस्य, १० लाखसम्म उठाएर दिनेलाई केन्द्रीय पदाधिकारी पदको जिम्मेवारी दिइ रकम उठाएको एमाले निकट कर्मचारीहरुकै आरोप छ,देवकोटामाथि ।

यस्तै,संगठनको अध्यक्ष हुँदा गैह्रकानुनी ढंगले संगठनको भवनको पहिलो तला भाडामा लगाइ घरभाडा वापत मासिक लाखौं रकम उठाइ मासेर खाएको,भाडावापतको कर राज्यलाई नतिरेको साथैं पेप्सीकोलामा रहेको संगठनको जग्गा भाडामा दिइ सो आम्दानी रकम हिनामिना गर्ने गरेको र सरुवा,बढूवा र संगठनको हिनामिना गरेको रकमबाट नेकपा एमाले पार्टी केन्द्रीय कार्यालयलाई बार्षिक २५ देखि ५० लाख बुझाउने गरेको उक्त स्रोतको दावा छ । देवकोटाले भक्तपुर, लोकन्थलीमा साढे तीन तलको बंगला ठडाएको,सिन्धुली गोलनजोर गाउँपालिका ७ खुर्काेटमा अढाइ तलाको घर बनाएको कर्मचारीहरुले बताउने गरेका छन् ।

जबकी उनको पुख्र्यौली सम्पत्ति साविक रतनचुरा २ विजयछाप सिन्धुलीमा केही पाखो जमिन मात्र भएको सिन्धुलीमा उनलाई चिन्ने र जान्ने कर्मचारीहरुले जनाएका छन् । यस्का अलवा देवकोटामाथि केन्द्रीय अध्यक्ष भएको समयमा २५ बढी आफन्तसँग (नापी विभागमा कमला गौतम,भीमला बास्तोला उद्योग विभागसमेत) एक लाखलेखि तीनलाखसम्म असुली करारमा कर्मचारी भर्ना गरी आर्थिक लाभ लिएको एमाले वृत्तकै कर्मचारीहरुको आरोप छ ।

नेपाल निजामती कर्मचारी संगठनले सिंहदरबारको मुखैमा ७ करोड खर्चेर भवन निर्माण गरेको छ । सो भवनमा भएको अनियमिततामा समेत केदारहरूको संग्लनता रहेको आरोप लाग्दै आएको छ । गत निर्वाचनमा उनै देवकोटाले एमाले पार्टीका लागि चुनाव खर्च भन्दै २० लाख रकम बालकोटमा लगेर बुझाएका थिए । केदारले आफू सवार बा २ ब ३९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएको कागजपत्र बनाएका थिए । मेडिकल बोर्डलाई मिलाएर आफू मानसिक रोगी भएका कारण संघ छोडेर दुर्गममा जान नसक्ने कागज नै बनाएका थिए । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *