१८ करोड भ्रष्टाचारमा फसे ऋषिराम

राजनीति समाचार

काठमाडौं । २०४५ सालमा धापासी छिरेका गाविस सचिव पटक पटक काठ क्षेत्रमै सरुवा हुने, ग्रामिण बस्तीबाट शहर हुँदै आएको काठमाडौंका उत्तरी भेगका गाविस सबैतिर पुगेर जागिरको अन्ततिर टोखा नगरपालिकाको निमित्त कार्यकारी अधिकृत ऋषिराम अर्याल १८ करोड भ्रष्टाचार काण्डमा मुछिएका छन् । स्याङजा घर भएका कर्मचारीको ठूलो जमात धापासी क्षेत्रमा बस्ने गर्छन । राजनीतिक रुपमा कांग्रेस भएकाले भ्रष्टाचारीको टोल नै धापासी ७ स्याङजाली टोलको रुपमा चिनिन थालेको छ । यसले गर्दा धापासीका पुराना स्थानीयबासीले गुनासो गर्न थालेका छन् । अर्याल धापासी जागरण समाजको अध्यक्ष पनि हुन् ।

अर्यालले अकुत सम्पत्ति कमाउनुको कारण सार्वजनिक जमिन भोगाधिकार गर्न दिँदा भुमाफिया दीपक कुँवरसँग लाखौं लिएका थिए । ग्राण्डी अस्पताल र ग्राण्डी भिल्लालाई आकर्षण गराउन सामाखुसी चोकबाट ग्राण्डी अस्पतालसम्मको बाटो ४२ फिट बनाउन स्थानीय तहबाट काठमाडौं उपत्यका नगर विकास प्राधिकरणका भाइकाजी तिवारीलाई सिफारिस गर्ने व्यक्ति अर्याल नै हुन् ।

तिवारीलाई भूमाफिया कँुवरले एउटा घर नै आफ्नो कोलोनीमा उपलब्ध गराएका छन् । अर्यालले खड्ग भद्रकाली, टोखा सरस्वती, टोखा चण्डेशवरी, धर्मस्थली, काभ्रेस्थली, मनमैजुजस्ता गाविसको सचिव पनि चलाए । उनी जहाँ सचिव भएर गए त्यहाँ भूमाफियालाई सहज बनाउने काम गर्दा जग्गा उपहार लिएका कारण छोराछोरी श्रीमतीको नाममा समेत जमिन जोडेका थिए । तर अख्तियारले उनको जागिरभरको कमाई जोडेर १८ करोड स्रोत नखुल्दा कारबहाीमा परे । विशेष अदालतमा मुद्दा दायर गर्न नदिन कांग्रेसीको शक्ति प्रयोग गरेका थिए ।

तर पछिल्लो पटक कांग्रेसीहरु ठूला ठूला काण्डबाट जोगिएका छन् । ऋषिराम अर्याललाई जोगाउन कांग्रेसको टिमबाट पूर्व सहसचिव महेश्वर पौडेल लागिपरेका थिए । पौडेल आँफै शिक्षा र अर्थका कर्मचारी हुन् । अर्यालका भाइ राष्ट्रिय वाणिज्य बैंकबाट अवकाश प्राप्त हुन् । टोखा ४ का बासिन्दा अर्यालको लुटले स्याङजाली बद्नाम भएका पनि छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *