सामान्य प्रशासनमा कर्मचारी सरुवामा पाण्डेको रजाईं

राजनीति समाचार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री जनमत पार्टीकी अनितादेवी साह भए तापनि उनी मन्त्रालयमा थपना मन्त्रीको रुपमा मात्रै रहेकी छिन् । जनमत पार्टीकी नेतृ भएता पनि उनका सल्लाहकार भने नेपाली कांग्रेसका क्षेत्रीय सभापति रहेका छन् । मन्त्रालयमा जनमत पार्टीको भने कर्मचारी संगठन पनि छैन । नेकपा माओवादी केन्द्रका कर्मचारी नेता पनि सामान्यमा खासै छैनन् । अहिले सामान्यमा हालीमुहाली आफ्नो पार्टीको मन्त्री नभएपनि कांग्रेस निकट कर्मचारीकै चलेको छ । संघीय मामिला मन्त्रालयले मालदार ठाउँका सरुवा जति सबै कांग्रेस निकट कर्मचारीलाई गरेको छ ।

सामान्य प्रशासनमा कार्यरत उपसचिव रामदत्त पाण्डेले छानीछानी कांग्रेस निकट कर्मचारीहरुलाई मालदार ठाउँमा सरुवा गरेका छन् । सामान्य प्रशासनमा एमाले निकट कर्मचारी संगठन खाली गोठालो जस्तो बनेको छ । एमाले कर्मचारी संगठनका नेता लेखनाथ कोइराला भए तापनि एमाले निकट कर्मचारीहरु राम्रो ठाउँमा सरुवा हुन सकेका छैनन् । अब कर्मचारी सरुवाको सिजन पनि सकिएको छ । केही छुटफुट ठाउँबाहेक मन्त्रालय र सामान्यले गर्नुपर्ने सरुवा गरिसकेको छ । केही विभागीय प्रमुखहरु भने सरुवा हुने सम्भावना देखिन्छ । यसपालिको कर्मचारी सरुवामा ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ जस्तै भएको छ । अधिकांश कर्मचारीहरुले मन्त्री सिधा भएको फाइदा उठाइरहेका छन् ।

मन्त्रीलाई त्यो विषयमा कुनै चासो, चिन्ता छैन । कर्मचारी सरुवाको विषयमा चासो राख्ने तत्कालीन मन्त्री अमनलाल मोदीले नासु र दरिदारसमेत चिनेका थिएनन् । मन्त्री मोदी आफै नासु र खरिदार भनेको के हो ? भनेर प्रश्न गर्ने गर्दथे । त्यति चलाख मोदी त नासु र खरिदार के हो भनेर छुट्याउन नसक्ने मन्त्री थिए भने अनितादेवी शाहलाई त निजामती कर्मचारी भनेकै थाहा छैन । उनलाई निजामती कर्मचारीले के काम गर्दछन् भन्ने पनि थाहा नहुन सक्छ । तर, जसले जे भने तापनि थपनाको रुपमा राजनीतिक भागबन्डामा दलहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाएका छन् ।

कर्मचारीलाई त्यस विषयमा कुनै मतलब हुँदैन । कर्मचारीलाई मतलब भनेको आफ्नो पार्टीको मन्त्री बने छ भने भेटघाट र सल्लाह, सुझाव दिन र लिन पुग्छन् नत्र भने मतलब नै गर्दैनन् । राजनीतिक दलका नेता भन्दा यो दशका कर्मचारी ठूला नेता बनेका छन् । न त राज्यले उनीहरुलाई कारबाही गर्छ, न त सम्बन्धित पार्टीले उनीहरुका क्रियाकलापमा ध्यान दिएका हुन्छन् । कथमकदाचित भ्रष्टाचार र केही गल्ती गरिहाले तापनि सरुवा गर्ने र काजमा राख्ने गरिहाल्छन् । उनीहरुको पद अनुसारको तलब, सुविधा पाइहाल्छन् । अहिले कर्मचारीहरुले जे गरेपनि हुन्छ । राजनीतिक दल र मन्त्रीभन्दा शक्तिशाली भनेको कर्मचारीतन्त्र भएको छ ।

अहिले कर्मचारीतन्त्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय चलाइरहेका छन् । खासगरी मन्त्रलय चलाउने नेपाली कांग्रेस निकट कर्मचारीहरु रहेका छन् । अन्य कर्मचारी संगठनका नेताहरु आफ्नो स्वार्थ अनुसार चलिरहेका छन् । यतिबेला सबैभन्दा काम नलाग्ने नेकपा एकीकृत समाजवादी निकट कर्मचारी संगठन र मधेसवादी दल निकट कर्मचारी संगठन रहेको छ । उता जनमत पार्टीको त कर्मचारी संगठन नै छैन । त्यसकारण पनि कांग्रेस निकट कर्मचारीहरुको हालीमुहाली चलेको बताइन्छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *